शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशभरका अदालतमा सोमबारदेखि बन्दी प्रत्यक्षीकरणका रिट मात्रै सुनुवाइ हुने

देशभरका अदालतमा सोमबारदेखि बन्दी प्रत्यक्षीकरणका रिट मात्रै सुनुवाइ हुने

घटस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने भएकाले अन्य रिटमा सुनुवाइ नहुने अदालत प्रशासनले बताएको हो।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

National life

काठमाडौं– सोमबारदेखि देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणका रिटमा मात्रै सुनुवाइ हुने भएका छन्। घटस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने भएकाले अन्य रिटमा सुनुवाइ नहुने सर्वोच्च अदालत प्रशासनले बताएको हो। 

घटस्थापना, शनिबार र विजयादशमीका दिन भने कुनै पनि रिटमा सुनुवाइ हुने छैन। यी दिनबाहेक बिहान ११ देखि ३ बजेसम्म अदालत खुला रहनेछन्। २४ असोजदेखि अदालत कार्यालय समयमै खुला हुने र नियमित मुद्दाको सुनुवाइ हुनेछ।

प्रकाशित: Sep 26, 2022| 13:51 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।