सोमबार, मंसिर २९, २०८२

मधेसमा मात्रै २४ हजार म्यादी प्रहरी खटाइने

आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मधेश प्रदेशमा करिब २४ हजार म्यादी प्रहरी खटाइने भएको छ।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

जनकपुरधाम- आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मधेश प्रदेशमा करिब २४ हजार म्यादी प्रहरी खटाइने भएको छ।

National life

मधेस प्रदेशका आठवटै जिल्लाको प्रत्येक प्रतिनिधि तथा प्रदेश सभाको चुनाव सुरक्षाका लागि २३ हजार ७७१ जना म्यादी प्रहरी खटाइने प्रहरी प्रवक्ता सुमनकुमार तिमल्सिनाले जानकारी दिए।

उनका अनुसार सप्तरीमा ३ हजार २७८, सिरहामा २ हजार ८०९, धनुषामा ३ हजार ४८६, महोत्तरीमा २ हजार ८०१ म्यादी प्रहरी खटाइने छ। यस्तै सर्लाहीमा ३ हजार ३०७, रौतहटमा २ हजार ९३९, बारामा ३ हमजार १४४ र पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाउने कोटा छुट्याइएको छ।

गत भदौ ३० गतेसम्म म्यादी प्रहरीको लागि खुलेको भर्नामा मधेश प्रदेशमा ६२ हजार भन्दा बढी जनाले आवेदन दिएका थिए। त्यसबाट २३ हजार ७७१ जना छनोट गरिने प्रवक्ता तिमल्सिनाले बताए।

प्रकाशित: Sep 26, 2022| 13:24 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।