आइतबार, मंसिर ७, २०८२

साबाको पहिल खेलमै नेपाल पराजित

आयोजक मालदिभ्सले पहिलो खेलमा नेपाललाई ५१–४७ ले हराएको हो।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– मालदिभ्समा जारी दोस्रो संस्करणको दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिता (साबा) वुमन्स बास्केटबल प्रतियोगितामा नेपाल  पहिलो खेलमै पराजित भएको छ। आयोजक मालदिभ्सले पहिलो खेलमा नेपाललाई ५१–४७ ले हराएको हो। 

चार टोलीले सहभागिता जनाएको प्रतियोगितामा नेपालले दोस्रो खेल २७ सेप्टेम्बरमा बलियो टिम श्रीलंकाविरुद्ध खेल्नेछ। पहिलो संस्करणमा स्वर्ण पदकका लागि श्रीलंका र नेपालले स्पर्धा गरेका थिए। तर श्रीलंकासँग पराजित हुँदै नेपाल रजतमा समेटिएको थियो।

यस पटक नेपाल श्रीलंकाविरुद्ध अघिल्लो संस्करणमा बेहोरेको हारको बदला लिने लक्ष्यमा छ। त्यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले सेप्टेम्बर २८ मा भुटानविरुद्ध खेल्नेछ। मालदिभ्सजस्तै भुटान पनि नेपालभन्दा कमजोर टिम हो।

प्रकाशित: Sep 26, 2022| 11:40 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।