शनिबार, वैशाख २७, २०८२

१२ असोजदेखि निर्वाचन आचारसंहिता लागू गर्दै आयोग

सबै राजनीतिक पार्टीको परामर्शमा आचारसंहिता निर्माण गरिएकाले पालना हुनेमा आयोग विश्वस्त।
 |  सोमबार, असोज १०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

vianetvianet

काठमाडौं– निर्वाचन आयोगले १२ असोजदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी थालेकोे छ। आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र विभिन्न १२ पार्टीका अशीर्ष नेताहरूसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो।

triton college

निर्वाचनसम्बन्धी आचारसंहिता पालनामा प्रतिबद्धता जनाउन प्रधानमन्त्री देउवासहित विभिन्न पार्टीका नेताहरू आइतबार अपराह्न निर्वाचन आयोग पुगेका थिए। कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन्।

दलका शीर्ष नेताहरूले निर्वाचन आचारसंहिता व्यावहारिक बनाउन केही सुधार गर्दै जानुपर्नेमा जोड दिए। आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेकपा माओवादी केन्द्रका सचिव लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत आयोग पुगेका थिए।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेको बताए। आयोगले सबै राजनीतिक पार्टीको परामर्शमा आचारसंहिता निर्माण गरेको उनको भनाइ छ। आचारसंहितामा केही संशोधन गर्नुपर्ने देखिए आयोगले दलहरूसँग छलफल गरी सहजीकरण गर्ने उनले बताए। ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ।

प्रकाशित: Sep 26, 2022| 11:01 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...