बिहीबार, असार ४, २०८३

प्रचण्ड भन्छन्- म प्रधानमन्त्रीको रेसमा छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्।

National life

घटस्थापनाका अवसरमा आज चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले केही वर्षदेखि नै आफू प्रधानमन्त्रीको रेसभन्दा बाहिर रहेको बताएका छन्। उनले आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता बनाएको बताए।

‘मंसिर ४ मा चुनाव आउँदैछ। यहाँ प्रधानमन्त्रीको कुरा पनि आयो। म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि छैन। मैले चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर थियो। अहिले पनि छ तर मैले जनताको आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता ठानेको छु,’ उनले भने।

उनले राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य नभएको पनि दाबी गरेका थिए।

प्रकाशित: Sep 26, 2022| 10:28 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...