आइतबार, वैशाख २८, २०८२

संघीय संरचना अनुरुप विकास हुन सकेन : राज्यमन्त्री श्रेष्ठ

देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको उल्लेख गर्दै रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्न गाह्रो हुने उनको भनाइ थियो।
 |  आइतबार, असोज ९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

vianetvianet

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले संघीय संरचना अनुरुप अपेक्षित विकास हुन नसकेको बताएका छन्।  आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

triton college

राज्यमन्त्री श्रेष्ठले अहिले समय सापेक्ष परिवर्तन गर्न सकिएन भने समृद्धि ल्याउन नसकिने जिकिर गरे। विश्वमा द्वन्द्वपछि मुलुकमा विकास भएको उदाहरण रहेपनि नेपालमा भने त्यो हुन नसकेको उल्लेख गरे। देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको उल्लेख गर्दै रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्न गाह्रो हुने उनको भनाइ थियो। 

'एउटा काम गर्न र नीति बनाउन कति अफ्ठ्यारो छ भने अहिले समय सापेक्ष परिवर्तन गर्न सकिएन भने समृद्धिको बाटो आउँदैन भन्नेकुराको झलक देखिरहेको छ। संविधानको संरचना अनुसारको प्रदेशमा देश लग्यौँ अब विकास हुनुपर्छ। संसारभर हेर्ने हो भने द्वन्द्वपछि धेरै आर्थिक विकास हुनुपर्ने हो। तर अझैपनि मलाई जहाँसम्म लाग्छ, सरकारले धेरै कुराहरु संघीय संरचना अनुरुप अपेक्षित विकास हुन सकेको छैन,' नीतिहरु संघीय संरचना अनुरुप जुन चेन्ज गर्नुपर्ने हो त्यो हामीले गर्न सकेका छैनौँ। यसलाई अब आउने निर्वाचित सरकारले परिवर्तन गरेर समृद्धिको लागि अघि बढ्नुपर्छ। अहिले भएको नीतिहरुमा जुन राम्रो भयो भने काम पनि राम्रो हुन्छ, आर्थिक अवस्था हेर्ने हो भने हामी दयनीय अवस्थामा छौँ। रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्नै गाह्रो छ।’

मन्त्री श्रेष्ठले पर्यटन, जलविद्युत, वनजंगल र जडिबुटीहरुलाई कसरी प्रोत्साहन गर्ने भन्ने कुरा अध्ययन अनुसन्धान गरेर नीति बनाए १० वर्षमा नेपाल कायापलट हुने उनको दाबी छ। 


प्रकाशित: Sep 25, 2022| 21:37 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...