आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत कराँतेको प्रतिस्पर्धा पर्वतमा

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत कराँतेको प्रतिस्पर्धा पर्वतमा

गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको कराँते खेलको प्रतिस्पर्धा पर्वत जिल्लामा गराइने भएको छ।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

पर्वत- गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको कराँते खेलको प्रतिस्पर्धा पर्वत जिल्लामा गराइने भएको छ।

National life

जिल्ला खेलकुद विकास समिति पर्वतले पत्रकार सम्मेलन कार्यक्रम गरेर कराँतेको प्रतिस्पर्धाका बारेमा जानकारी गराएको हो। ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा सात प्रदेशका सातओटा टोली, विभागीयअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तथा एनआरएनको एक टोली गरेर ११ टोलीका खेलाडीहरू पर्वतमा भिड्ने भएका छन्। 

एउटा टोलीमा ३२ जना खेलाडीका दरले कूल तीन सय ५२, एक टोलीमा दुई प्रशिक्षक र दुई व्यवस्थापक गरेर चार जनाका दरले कूल ४४, देश तथा देश बाहिरबाट आउने निर्णायकहरू ७५, व्यवस्थापनका लागि स्थानीयबाट लिइने २५ सहित प्राविधिक र अन्य जनशक्तिसहित करिब छ सयजनाको सहभागिता रहने छ।

यही असोज २८ देखि कात्तिक २ गतेसम्म गरी पाँच दिनमा खेलहरू सम्पन्न गर्ने तयारी गरिएको नेपाल कराँते महासङ्घ नेपालका अध्यक्ष दावा गुरुङले बताए। प्रतिखेलाडीले प्रतिदिन रु दुई हजारका दरले भत्ता पाउने र आउँदाजाँदा भएको खर्च पनि दिने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ। 'हामीले पाँच दिनमा कराँतेको संस्करण पूरा गर्ने गरी तयारी गरिरहेका छौँ,' उनले भने। 

पर्वत जिल्लाका कराँते संयोजक राम श्रेष्ठका अनुसार खेलको तयारीस्वरूप अहिले कुश्माको बडागाउँस्थित सेमी कभर्ड हलमा कराँतेको प्रतिस्पर्धा हुनेछ। अहिले खेल हुने स्थान आसपासको व्यवस्थापन गर्ने, सरसफाइ गर्नेलगायतका कामहरू भइरहेको उनले बताए।

Laxmi sunrise bank
kumari

'कराँते खेलका लागि स्थानको व्यवस्थापनका लागि आवश्यकताअनुसार इञ्जिनियरको टोली पनि आउने छ,' संयोजक श्रेष्ठले भने, 'हामीले खेललाई सफल पार्न, खेलाडीहरूलाई कम्तीमा पनि पर्वतको मायाको चिनो दिनेलगायतका कुरामा सघाउन स्थानीय तहहरूसँग कुराकानी गरिरहेका छौँ।'

प्रकाशित: Sep 25, 2022| 21:35 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।