आइतबार, कात्तिक ९, २०८२

कञ्‍चनपुरमा डेंगु परीक्षण गर्न किट अभाव

कञ्‍चनपुरमा डेंगुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ। सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन्।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

महेन्द्रनगर- कञ्‍चनपुरमा डेंगुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ। सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन्। 

Kumaribank

महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुन थालेपछि अस्पताल व्यवस्थापन समिति आफैँले किट खरिद गर्ने र परीक्षण गरेको शुल्क लिने निर्णय गरेको बताउनुभयो। 'सरकारले निःशुल्क परीक्षण भने पनि प्रदेश सरकारबाट पर्याप्त किट उपलब्ध भएन, बिरामीको चाप बढ्दैछ', उनले भने, 'अहिले अस्पताल आफैंले किट खरिद गर्ने र परीक्षण गरेको बिरामीबाट शुल्क लिने निर्णय गरेको छ।'

उनले अस्पतालमा डेङ्गुका बिरामी बढेको बताए। प्रदेश सरकारसँग किट माग गरे पनि ३०-४० वटा मात्रै पठाउने र त्यसले एक दिनसमेत नपुग्ने उनले बताए। 

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले पनि परीक्षण गर्न किट अभाव रहेको जनाएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले बिरामीको सङ्ख्या बढ्दै गएकाले किट अभाव भएको बताए। 'जिल्लामा बिरामीको सङ्ख्या बढ्दै गएको छ, हामीसँग पर्याप्त किट छैन', उनले भने, 'स्वास्थ्य कार्यालयबाट करिब चार सय किट नौवटै पालिकामा पठाउने काम भइरहेको छ।' 

जिल्ला स्वास्थ्य कार्यालय कञ्‍चनपुरको तथ्यांकअनुसार हालसम्म जिल्लामा एक सय १२ जनामा सङ्क्रमण देखिएको छ। तीमध्ये सबैभन्दा बढी महाकाली प्रादेशिक अस्पतालमा ४० र दोधारा चाँदनी नगरपालिकामा ३६ जनामा सङ्क्रमण देखिएको छ।

Metro Mart

पुनर्वास नगरपालिकामा १२, बेलडाँडीमा तीन, कृष्णपुर, बेलौरी र लालझाडीमा दुई-दुई र विभिन्न निजी प्रयोगशाला र अस्पतालमा १५ जनामा सङ्क्रमण देखिएको छ। दोधारा चाँदनी नगरपालिकामा सङ्क्रमित देखिएका ३६ जनामध्ये २२ जना भारतबाट र आठजना काठमाडौँबाट फर्केका रहेका छन्।

प्रकाशित: Sep 25, 2022| 20:40 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।