मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय खेलकुदमा गण्डकीबाट सर्वाधिक ७ सय २ खेलाडीको नाम दर्ता

राष्ट्रिय खेलकुदमा गण्डकीबाट सर्वाधिक ७ सय २ खेलाडीको नाम दर्ता

राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने राष्ट्रिय खेलकुदमा सहभागिता जनाउँदै छन्।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

kumari

काठमाडौं- गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि आइतबार अपरान्ह ५ बजेसम्म गण्डकी प्रदेशले सर्वाधिक ७ सय २ खेलाडीको नाम दर्ता गराएको छ। राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने राष्ट्रिय खेलकुदमा सहभागिता जनाउँदै छन्।

नेपाल आर्मीले ६ सय ७३, एपीएफले ५ सय २२, नेपाल प्रहरीले ४ सय ८८ र सुदूरपश्चिम प्रदेशले ४ सय ३६ खेलाडीको नाम दर्ता गराएको प्राविधिक उपसमितिका संयोजक हिमालराज दाहालले जनाएका छन्।

त्यस्तै बागमती प्रदेशले ४ सय ३०, प्रदेश १ ले ३ सय ७१, मधेश प्रदेशले २ सय ६२, कर्णाली प्रदेशले १ सय ९७, एनआरएनएले १ सय ३१ र लुम्बिनी प्रदेशले १ सय २३ खेलाडीको नामवली दर्ता गराएको छ।


प्रकाशित: Sep 25, 2022| 19:45 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।