मंगलबार, फागुन १९, २०८२

मार्सल आर्ट्स सन्जिव र सन्जितलाई दोहोरो पदक

नेपालका सन्जिव तामाङ र सन्जितकुमार राईले डब्लुएमएसी वर्ल्ड मार्सल आर्ट्स गेम्समा दोहोरो पदक जितेका छन्।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

काठमाडौं- नेपालका सन्जिव तामाङ र सन्जितकुमार राईले डब्लुएमएसी वर्ल्ड मार्सल आर्ट्स गेम्समा दोहोरो पदक जितेका छन्। 

स्लोभेनियमा सेप्टेम्बर २३ देखि २५ तारिखसम्म भएको प्रतियोगिताको पुरुष १८ वर्षमाथि चाइनिज् फम्समा ८.३ अंक जोड्दै सन्जिव पहिलो भएको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन्।

खेलमा पोल्यान्ड दोश्रो तथा जर्मनीका सहभागी तेस्रो भएका छन्। सन्जिवले लाइट कन्ट्याक्ट पुरुष ६५ केजीमुनि चेक रिपब्लिकका खेलाडीलाई हराउँदै कास्य जिते।

त्यस्तै भेट्रान पुरुष ३५ वर्षमाथि सन्जितले चाइनिज क्रिएटिभमा ९.२ अंक हासिल गर्दै स्वर्ण जितेका छन्। ट्रेडिसनल फम्समा सन्जितले थप १ कास्य हात पारे।

प्रकाशित: Sep 25, 2022| 19:32 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।