बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • डिल्लीराज पन्तलाई आरजुले भनिन्- कैलाली-५ मा चुनाव लड्ने तयारी गर्नुस्

डिल्लीराज पन्तलाई आरजुले भनिन्- कैलाली-५ मा चुनाव लड्ने तयारी गर्नुस्

शनिबार बालुवाटारमा बोलाएर आरजुले आफूलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा लाग्ने आग्रह गरेको बताए।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

काठमाडौं- प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले कैलाली-५ मा डिल्लीराज पन्तलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने आश्वासन दिएकी छन्।

National life

शनिबार बालुवाटारमा बोलाएर आरजुले आफूलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा लाग्ने आग्रह गरेको बताए। 

‘शनिबार उहाँ (आरजु देउवा)सँग भेट भएको थियो। उहाँले चुनाव लड्ने तयारी गर्नुस् भन्नु भएको छ,' नेपाल समयसँग कुराकानी गर्दै पन्तले भने, 'पहिले उहाँलाई पार्टीको क्षेत्रीय समितिले एकल सिफारिस गरेको थियो। उहाँ समानुपातिकमा जाने भएपछि मलाई पार्टीले सिफारिस गरेको छ। तलबाट आएको सिफारिस कार्यान्वयन गर्छौँ भन्नु भएको छ। सभापतिजीले पनि यस्तै कुरा गर्नुभएको छ।' 

४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कैलाली-५ बाट आरजु एकल रुपमा सिफारिस भएको थियो। तर उनी समानुपातिक सूचीमा समावेश गरेपछि उनकै सिफारिसमा पन्तलाई उम्मेदवार बनाउन लागिएको हो। 

पन्त २०७४ सालमा कैलाली–५ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। पन्त २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका रमेश धामीलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका थिए। 

Shivam cement

उता शेखर पक्षका नेता क्षितिज भण्डारीले पनि उम्मेदवारीमा दाबी गर्दै आएका छन्। आफूले टिकट नपाए हातमा दही जमाएर नबस्ने उनको चेतावनी छ। 

प्रकाशित: Sep 25, 2022| 19:22 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...