आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पोखरामा माउन्ट एभरेस्ट तेक्‍वान्दो : १४ सय खेलाडीको मेला (फोटोफिचर)

पोखरामा माउन्ट एभरेस्ट तेक्‍वान्दो : १४ सय खेलाडीको मेला (फोटोफिचर)

पोखरामा तेसो स्रंस्करणको माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिप असोजको ६ गते सुरु भएर आइतबार सम्पन्‍न हुँदैछ। भारतबाट ७५० जना खेलाडीको सहभागीता रहेको प्रतियोगितामा झण्डै १४ सय खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

काठमाडौं- पोखरामा तेसो स्रंस्करणको माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिप असोजको ६ गते सुरु भएर आइतबार  सम्पन्‍न हुँदैछ। भारतबाट ७५० जना खेलाडीको सहभागीता रहेको प्रतियोगितामा झण्डै १४ सय खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। 

National life

प्रतियोगितामा विश्व तेक्वान्दोका अध्यक्ष जो जङवोन पनि नेपाल आएका छन् भने उपाध्यक्ष क्योउ सिक लिग पनि अहिले नेपालमै छन्। प्रतिस्पर्धामा १२ देशका खेलाडी समावेश गराइएको आयोजक नेपाल तेक्वान्दो संघले जानकारी दिएको छ।

‘मलाई खुसी लागेको छ कि च्याम्पियनसिप र पुम्सेमा गरी १४ सयभन्दा धेरै खेलाडी छन्। १२ देशका उत्कृष्ट खेलाडी यहाँ आइपुगेका छन्। यसले प्रतियोगिताको उचाई बढाएको छ,’ अध्यक्ष जोले भनेका छन्। उनले नेपाली तेक्वान्दोका अध्यक्ष प्रकाश समशेर राणालाई अहिले पोखरामा गर्मी हुने भएकाले समय परिवर्तत गर्न पनि सुझाव दिएका छन्।

पोखरामा भइरहेको प्रतियोगिता विश्व तेक्वान्दोको  र्‍यांकिङ अन्तर्गतको प्रतियोगिता हो। यसलाई डब्ल्यू टीले जी-२ को मान्यता दिएको छ। कोभिड १९ को महामारीपछि दक्षिण एसियामा भएको यो नै सबैभन्दा ठूलो प्रतियोगिता हो।

यसबाट र्‍यांकिङ बढाउन पाइने भएपछि ठूलो मात्रामा खेलाडीको उपस्थिति देखिएको हो। प्रतियोगितामा नेपाल र भारतसँगै पाकिस्तान, बंगलादेश, माल्दिभ्स, कोरिया, मलेसिया, अमेरिका, स्पेनजस्ता देशका खेलाडीको सहभागीता रहेको छ।

Laxmi sunrise bank
kumari


 


साथै यो प्रतियोगितामा सहभागीताको लागि पनि ६० डलर इन्ट्री फि रहेको  छ। त्यसैले सहभागीको संख्या धेरै भएको हो। कोभिड १९ को महामारीपछि भएको तेक्वान्दोको यो ठूलो प्रतियोगिता पनि हो।

तेक्वान्दोको लागि यो साग खेलकुद भन्दा पनि ठूलो प्रतियोगिता हो। तेक्वान्दोले ओलम्पिकलाई जी २०, विश्व च्याम्पियनसिपलाई जी १६, महादेशिय गेम्सलाई जी ८ र महादेशको च्याम्पियनसिपलाई जी ४ को मान्याता दिने गर्दछ। त्यस्तै उसले क्षेत्रीय खेललाई जी १ को मान्यता दिने गरेको छ भने क्षेत्रीयदेखि केही ठूलो खेलकुदले जी-२ को मान्यता पाउँछ।

दक्षिण एसियामा जी-२ को प्रतियोगता पहिलो पटक नेपालले पाएको हो। नेपालले बिडिङमार्फत् जी २ प्रतियोगिताको आयोजना जितेको थियो।


 



प्रकाशित: Sep 25, 2022| 17:46 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।