विराटनगर– प्रदेश १ का स्वास्थमन्त्री जयराम यादवले आफ्फ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाएका छन्।
मन्त्री यादवले दुवै तस्बिर हटाएर प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर राखेका छन्।
आइततबार कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाउँदै मन्त्री यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्रीको तस्बिर राखिएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।