मंगलबार, साउन १९, २०८३

राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्ले पारित गरेर पठाएका दुईवटा विधेयक आइतबार प्रमाणीकरण गरेकी छन्।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्ले पारित गरेर पठाएका दुईवटा विधेयक आइतबार प्रमाणीकरण गरेकी छन्।

शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक र कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक असोज ९ गते प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

आज नै राष्ट्रपति भण्डारीले आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन्।


प्रकाशित: Sep 25, 2022| 16:46 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...