मंगलबार, साउन १९, २०८३

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले आम निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन्।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आम निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन्।

आगामी मंसिर ४ गते आइतबार देशभर एकै चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सरकारको सिफारिसमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिले स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आम निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालनको स्वीकृति दिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Sep 25, 2022| 16:41 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...