आइतबार, जेठ १८, २०८२

यस्तो छ कांग्रेसभित्र समानुपातिक सूची निर्माणको अन्तरकथा

छलफल चल्दाचल्दै देउवाले समानुपातिकको सूची बुझाउन महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय महालक्ष्मी उपाध्याय डिना र जीवन परियारलाई निर्वाचन आयोग पठाएका थिए।
 |  आइतबार, असोज ९, २०७९
nespernesper

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

आइतबार, असोज ९, २०७९

vianetvianet

काठमाडौं- सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस निर्वाचनअघि विवादको भूमरीमा छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगमा पेस भएको समानुपातिकतर्फको बन्दसूचीले कांग्रेसमा विवाद चर्किएको हो। संस्थापन समूहले समानुपातिकको बन्दसूचीमा एकलौटी गरेको भन्दै शेखर कोइराला समूह आक्रमक बनेको छ। 

शनिबार मात्रै खबरदारी सभा गरेर शेखर समूहले देउवा समूहलाई चेतावनी दिइसकेको छ। समानुपातिकतर्फ र प्रत्यक्षतर्फ ४०/४० प्रतिशत भाग दिनुपर्ने माग शेखर समूहको छ। ४० प्रतिशत भाग नदिए संघर्षमा उत्रने शेखर समूहको चेतावनी छ। निर्वाचन आयोगमा पेस गरिएको समानुपातिकतर्फको बन्दसूची सच्याएर आफूहरूलाई ४० प्रतिशतको ग्यारेन्टी गर्नुपर्ने देउवासँग शेखर समूहको माग छ। ४० प्रतिशत भाग आफूहरूलाई नदिए १ प्रतिशत पनि नचाहिने तर्क उक्त समूहले गरिरहेको छ। 

शनिवार खबरदारीसभामा बोल्दै शेखर समूहका नेता गुरुराज घिमिरेले भनेका थिए, '४० प्रतिशतको भाग खोज्ने प्रतिपादक तपाईं (देउवा) हो। हामी तपाईंकै बाटोमा छौं। कार्यकर्तालाई न्यायोचित अवसर चाहिन्छ। ४० प्रतिशतभन्दा १ प्रतिशत पनि हामीलाई मञ्जुर छैन। अब टुलुटुलु हेरिबस्दैनौं।'

निर्वाचन आयोगले असोज १६ गते सम्म बन्दसूची सच्चाउने समयसीमा तोकिदिएको छ। आयोगले दिएको समयसीमाभित्र बन्दसूची सच्चाउनुपर्ने अडानमा शेखर समूह छ। संस्थापन समूहले सूची नसच्याए संघर्षका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ। यसका लागि घेराबन्दीदेखि आमरण अनशनसम्मका कार्यक्रम तय गर्ने तयारी शेखर समूहको छ। 

प्रकाशित: Sep 25, 2022| 16:18 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...