बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • उमेरका कारण अवकाश हुन लागेका कामु प्रधानन्यायाधीश कार्कीको आज बिदाइ

उमेरका कारण अवकाश हुन लागेका कामु प्रधानन्यायाधीश कार्कीको आज बिदाइ

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले उमेर हदका कारण अवकास पाउने भएका छन्। यही असोज १६ गतेदेखि कार्की स्वतः अवकाश हुन लागेका हुन्।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९
National life
Shivam cement

काठमाडौं– सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले उमेर हदका कारण अवकास पाउने भएका छन्। यही असोज १६ गतेदेखि कार्की स्वतः अवकाश हुन लागेका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग लागेर निलम्बनमा परेपछि गत फागुन १ गतेदेखि कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका थिए। कामुकै रुपमा उनी सर्वोच्चबाट बाहिरिन लागेका हुन्।

कामु प्रन्या कार्कीको आजै बिदाइ गरिने भएको छ। भोलिदेखि सर्वोच्च अदालत दसैंका लागि बन्द हुने भएका कारण आज दिउँसो तीन बजे उनको बिदाइ गर्न लागिएको हो।


प्रकाशित: Sep 25, 2022| 12:54 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...