आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रथम ‘वडाअध्यक्ष कप’ फुटबल प्रतियोगिता : गुरूमार्ग युवा क्लब विजेता

प्रथम ‘वडाअध्यक्ष कप’ फुटबल प्रतियोगिता : गुरूमार्ग युवा क्लब विजेता

प्रथम ‘वडाअध्यक्ष कप’ फुटसलको ट्रफी गुरूमार्ग युवा क्लबले हात पारेको छ।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

काठमाडौं- प्रथम ‘वडाअध्यक्ष कप’ फुटसलको ट्रफी गुरूमार्ग युवा क्लबले हात पारेको छ। काठमाडौं महानगरपालिका वडा-८ द्वारा आयोजित प्रथम वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको आज भएको फाइनल खेलमा सिर्जनशील युवा क्लबलाई ५-२ गोल अन्तरले हराउँदै गुरूमार्ग युवा क्लब विजेता भएको हो। खेलको शुरूवाती चरणमा सिर्जनशील युवा क्लबले अग्रता लिएको भएपनि पछिल्लो समय खेललाई लयमा फर्काउदैँ गुरूमार्ग युवा क्लबले जीत हासिल गरेको हो।

National life

उक्त प्रतियोगितामा बेष्ट टीमको ट्रफी सन्ध्या पुस्तकले हात पारेको छ। भने, बेष्ट किप्पर अफ द म्याचको ट्रफि सनिर श्रेष्ठले हात पारेका छन्। त्यस्तै, प्रतियोगितामा बेष्ट किपरको ट्रफी सञ्जिव तामाङले हात पारेका छ्न् भने, सबैभन्दा धेरै गोल हानेर हाइजर गोलको ट्रफि सुप्रिम डंगोलले हात पारेका छन्। त्यस्तै, बेष्ट प्लेयर अफ द सिजनको ट्रफी मनिश सेढाईले पाएका छन्।

खेलमा बिजेता खेलाडीलाई पुरस्कारसहित ट्रफी मेडल तथा चेक प्रदान माननीय सांसद गगन कुमार थापाले गरेका थिए। त्यस्तै कार्यक्रममा कामपा वडा-८ का वडा अध्यक्ष आशामान संगतले बिजेता खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै वडाअध्यक्ष कप फुटसल प्रतियोगितालाई आगामी वर्षमा पनि निरन्तर दिने बताए।

त्यस्तै कार्यक्रममा सभापतिका रूपमा कमपा-८ का वडा अध्यक्ष आशामान संगत रहनु भएको थियो भने, प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा रहनु भएको थियो।

त्यसैगरी कार्यक्रमको विशेष अतिथिका रूपमा नेपालि कांग्रेस क्षेत्र नम्बर ४ सभापति एवं समाज सेवी श्यामकृष्ण संगत, विशेष अतिथि वरिष्ठ समाज सेवी नरोत्तम बैध, अखिल नेपाल फुटबल संघ एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ्ग शेर्पा, लोकतान्त्रिक खेलकुद बागमती प्रदेशका अध्यक्ष दिपक गुरूङ, कार्यक्रम संयोजक शेखर देउला, वडा सदस्यहरू सरस्वती राजभण्डारी, सलोनी ओडारी,राजलक्ष्मा भुसाल तथा विभिन्न क्लबहरूका प्रतिनिधि तथा खेलाडी सहित दर्शकहरूको उपस्थिति रहेको थियो।

Laxmi sunrise bank
kumari

त्यस्तै, प्रथम वडाअध्यक्ष कप फुटसल प्रतियोगिताका विजेता टीमले नागद पचास हजार सहित प्रमाणपत्र, ट्रफी तथा मेडल हात पारेका छन् भने, उप विजेता टीमले नगद पच्चीस हजार, ट्रफी, मेडल सहित प्रमाणपत्र हात पारेको छ। उक्त प्रतियोगितामा कामपा–८ भित्रका आठ ओटा क्लबहरूका आठ ओटा टीम सहभागी रहेका थिए।

जसमा सन्ध्या पुस्तकालय, जयवागेश्वरी युवा क्लव, गुह्येश्वरी विनायक युवा क्लव, नव अमरकान्तेश्वर युवा समुह, गुरूमार्ग युवा क्लव, तिलगंगा युथ एलाईन्स, पशुपति सिर्जनशील युवा क्लव तथा श्री देउला समाज सहभागी रहेका थिए।

प्रकाशित: Sep 25, 2022| 11:40 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।