काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले मुलुकमा डेंगु महामारीको रूपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन्।
राजधानीको रत्नराज्य विद्यालयको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले सरकारले डेंगु नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको बताएका हुन्।
नेता सिंहले जनस्तरमा अनुभूत हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गर्दै डेंगु नियन्त्रणमा तत्काल विशेष अभियान सुरु गर्न आग्रह गरे।
बिरामीले सिटामोल पनि भनेको समयमा पाइँदैन भन्ने गुनासो गरेकोले सरकारलाई गम्भीर बन्न पनि उनले अपिल गरेका थिए। स्थानीय सरकारलाई पनि गम्भीरताका साथ लाग्न उनले आग्रह छ।
फरक प्रसङ्गमा बोल्दै उनले मुलुकमा संकटको निकासको लागि कांग्रेसले अवसर पाउँदा जिम्मेवारी बहन गरेको बताए।