आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेसन्स लिगमा स्विट्जरल्यान्डसँग स्पेन पराजित, नर्वेको पनि हार

नेसन्स लिगमा स्विट्जरल्यान्डसँग स्पेन पराजित, नर्वेको पनि हार

स्पेनमै भएको खेलमा स्विटजरल्यान्डले घरेलु टिमलाई २–१ ले हराएको हो।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

काठमाडौं- युरोपेली नेसन्स लिगअन्तर्गत शनिबार रातिको खेलमा स्पेन पराजित भएको छ। स्पेनमै भएको खेलमा स्विटजरल्यान्डले घरेलु टिमलाई २–१ ले हराएको हो।

National life

खेलको २१औं मिनेटमा गोल गर्दै म्यानुएल एकान्जीले गोल गरेका थिए। त्यस्तै, ५५ औं मिनेटमा स्पेनका जोर्डी अल्वाले बराबरी गोल फर्काएका थिए। खेलको ५८ औं मिनेटमा ब्रिल एम्बोलोले गोल गरेपछि स्विट्जरल्यान्डले फेरी अग्रता लिएको थियो।

त्यहि अग्रतालाई बचाउँदै उसले जित निकालेको हो। गएरातिकै अर्को खेलमा चाहिँ स्लोभेनियासँग नर्वे २–१ ले पराजित भएको छ। स्लेभेनियाँको घरेलु मैदानमा पाहुना टोली नर्वेले हार बेहोरेको हो।

नर्वेका लागि इर्लिङ हाल्यान्डले गोल गरेर अग्रता बनाए पनि उसले त्यो अग्रता जोगाउन सकेनन्। खेलको ६९औं र ८१औं मिनेटमा क्रमशः आन्द्रेज स्पोरर र बेन्जामिनले गोल गरेर स्लोभेनियालाई जित दिलाएका थिए।

प्रकाशित: Sep 25, 2022| 09:30 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।