बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादीको बुद्धिजीवी संगठनले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन समिति

माओवादीको बुद्धिजीवी संगठनले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन समिति

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सम्बद्ध वैचारिक सङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनले आगामी मंसिर ४ गतेका लागि तय भएको सांघीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रमा राखेर पाँच सय एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सम्बद्ध वैचारिक सङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनले आगामी मंसिर ४ गतेका लागि तय भएको सांघीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रमा राखेर पाँच सय एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। 

National life

शनिबार केन्द्रीय समितिको बैठकले सङ्गठनका संयोजक कृष्ण केसीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो। समितिको सहसंयोजकमा निलकण्ठ तिवारी रहनुभएको छ। निर्वाचन परिचालन समितिमा केन्द्रीय समितिका सदस्य, केन्द्रीय आयोगका पदाधिकारी र सदस्य, केन्द्रीय विभागका पदाधिकारी र सदस्य, प्रदेश समितिका पदाधिकारी तथा सदस्य रहेका छन्। 

संगठनको केन्द्रीय कार्यालय टिमलाई निर्वाचन परिचालन समितिको सचिवालय बनाएर निर्वाचनसम्बन्धी कामको परिचालन गर्नेसमेत निर्णय गरिएको संयोजक केसीले जानकारी दिए। 

बैठकले निर्वाचन अघि आमजनसमुदायलाई माओवादी र गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रहसहितको अपिल प्रकाशन गर्ने, माओवादी आन्दोलनका प्रमुख उपलब्धि नामक पुस्तिका परिमार्जनसहित पुनःप्रकाशन गर्ने, प्रदेश र स्थानीय तहमा निर्वाचन परिचालन समिति बनाउनेलगायत निर्णय गरेको छ। 

बैठकमा माओवादी केन्द्रका सचिव एवं बुद्धिजीवी सङ्गठनका इञ्चार्ज दिनानाथ शर्माले आसन्न निर्वाचनमा क्रान्तिकारी बुद्धिजीवीले जनतालाई वैचारिक दिशानिर्देश दिनुपर्ने बताए। आगामी मङ्सिर ४ गते हुने निर्वाचन सामान्य प्रकृतिको निर्वाचन नभई अग्रगमन र प्रतिगमनबीचको संघर्ष भएको उनको भनाइ थियो। 

Shivam cement

प्रकाशित: Sep 24, 2022| 21:31 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...