शनिबार, जेठ १६, २०८३

कोसी राजमार्गको वन क्षेत्रमा फोहर फ्याँके पाँच हजार जरिवाना

संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित उत्तर–दक्षिण कोसी राजमार्गको वन क्षेत्रमा फोहर फ्याँके रु पाँच हजार जरिवाना गरिने भएको छ। ढुंगेधारा र तुम्लिङटारबीच सालघारी वन क्षेत्रमा फोहर फ्याँके रु पाँच हजार जरिवाना गरिने डिभिजन वन कार्यालयले जनाएको छ।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९
National life
Shivam cement

संखुवासभा- संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित उत्तर–दक्षिण कोसी राजमार्गको वन क्षेत्रमा फोहर फ्याँके रु पाँच हजार जरिवाना गरिने भएको छ। ढुंगेधारा र तुम्लिङटारबीच सालघारी वन क्षेत्रमा फोहर फ्याँके रु पाँच हजार जरिवाना गरिने डिभिजन वन कार्यालयले जनाएको छ। 

पछिल्लो समय मानिसले खाँदबारी–तुम्लिङटार सडकखण्ड छेउमा फोहर फालेपछि कुरूप बन्दै गएको भन्ने जनगुनासो बढेपछि त्यसलाई नियन्त्रण गर्न सूचना टाँस गरिएको छ। डिभिजन वन कार्यालय र मनकामना सामुदायिक वन उपभोक्ता समूहले संयुक्तरूपमा बोर्ड टाँसेर सूचना जारी गरेको डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख चन्द्रलाल राईले बताए।

खाँदबारी बजारलगायतका मानिसले लुकिछिपी रातको समयमा ट्रयाक्टर र गाडीमा फोहर ल्याएर सडक छेउमा फ्याँक्ने गरेको स्थानीयको भनाइ छ। राजमार्ग आसपासको फोहर फ्याँक्ने क्षेत्रमा सार्वजनिक सूचना नै टाँस गरेर सचेत गराइएको हो। वन क्षेत्रमा कसैले अटेर गरेर फोहर फ्याँकेमा वन र वातावरणसम्बन्धी ऐन–नियमअनुसार कारबाही गरिने डिभिजन वन कार्यालयले जनाएको छ। 

प्रकाशित: Sep 24, 2022| 23:10 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।