मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आगामी निर्वाचनबाट ठूलो पार्टी बनेर जनताको पक्षमा काम गर्छौं : एमाले

आगामी निर्वाचनबाट ठूलो पार्टी बनेर जनताको पक्षमा काम गर्छौं : एमाले

२०७४ को निर्वाचनबाट देशकै ठूलो पार्टी बनेको नेकपा एमालेले २०७९ को निर्वाचनमा पनि देशकै ठूलो पार्टी बन्‍ने दाबी गरेको ५। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट एमाले फेरि पनि देशको ठूलो पार्टी बन्‍ने दाबी गरेका हुन्।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

काठमाडौं- २०७४ को निर्वाचनबाट देशकै ठूलो पार्टी बनेको नेकपा एमालेले २०७९ को निर्वाचनमा पनि देशकै ठूलो पार्टी बन्‍ने दाबी गरेको ५। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट एमाले फेरि पनि देशको ठूलो पार्टी बन्‍ने दाबी गरेका हुन्। 

धनुषाको विदेह नगरपालिकास्थित–३ कौरिया चोकमा एमाले धनुषाद्वारा आज आयोजित जनसभामा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाए।

उनले सत्तारुढ गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारी धमाधम सरुवा गरेको आरोप लगाउँदै भने, 'कोही प्रहरी अहिलेको गठबन्धन तिर लाग्दैन भन्ने शङ्का लागेको ठाउँमा प्रहरी सरुवा गर्ने, कर्मचारी सरुवा गर्ने काम गरेको छ।'

एमाले महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धि चाहने सबै देशभक्त, प्रगतिशीललाई एमालेको झण्डामुनि गोलबन्द हुन आह्वान गरेका छन्। एमालेको नीति, नेतृत्व र गन्तव्यका हिसाबले स्पष्ट रहेको बताउँदै उहाँले आफूहरूले देशको विकास र जनताको हितमा काम गर्न चाहेको बताए। 

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित कार्यक्रममा उनले एमालेले मात्र नागरिकता विषयमा राष्ट्रिय सहमतिको आधार तयार गरेर सामाधान गर्न सक्ने पार्टी भएको दाबी गरे। उनले प्रगतिशील शक्ति एक ठाउँमा आएर बलियो शक्ति निर्माण आवश्यक रहेको भनाइ राखे। 

प्रकाशित: Sep 24, 2022| 21:15 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...