शुक्रबार, मंसिर १२, २०८२

देवदह नगरकमिटी अध्यक्ष चापागाईंद्वारा एमाले परित्याग

नेकपा एमाले देवदह नगर कमिटीका अध्यक्ष टिकाराम चापागाईंले एमाले परित्याग गरेका छन्। देवदहमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष चापागाईंले पार्टीको सबै जिम्मेवारी र पार्टी सदस्यता समेत परित्याग गरेको घोषणा गरेका हुन्।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

बुटवल- नेकपा एमाले देवदह नगर कमिटीका अध्यक्ष टिकाराम चापागाईंले एमाले परित्याग गरेका छन्। देवदहमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष चापागाईंले पार्टीको सबै जिम्मेवारी र पार्टी सदस्यता समेत परित्याग गरेको घोषणा गरेका हुन्।

National life

पार्टीमा सधैंभरी सिमित मान्छे नेता हुने र कार्यकर्ताहरु सधैं कार्यकर्ता बन्नुपर्ने भएपछि त्यसविरुद्ध आफूले विद्रोह गरेको उल्लेख गर्दै एमाले परित्याग गरेको बताए। उनले आगामी मंसिर ४ मा प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

४१ वर्षदेखि नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहेर काम गरेको स्मरण गर्दै उनले स्थानीय विकासका लागि स्थानीय नेतृत्वले राजनीतिको बागडोर सम्हाल्नुपर्नेमा बताए। चापागाईंले प्रजातान्त्र तथा दलीय व्यवस्था अपरिहार्य रहे पनि पछिल्लो समय हरेक पार्टिहरुमा निरंकुश प्रवृत्ति हावी भएको दाबी गर्दै आफू स्वतन्त्र रुपमा रहेर देश तथा आफ्नो क्षेत्रको समग्र विकासमा समर्पित हुने बताए। यसअघि विसं २०७४ सालमा एमालेबाट मेयरका उम्मेद्वार थिए। 



Laxmi sunrise bank
kumari


प्रकाशित: Sep 24, 2022| 20:55 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।