शुक्रबार, मंसिर १२, २०८२

बुद्धभूमिमा बस र ट्रक ठोक्किँदा एकको मृत्यु, ३१ जना घाइते

दुर्घटनामा घाइते ३१ जना मध्ये २० जनाको गोरुसिंगे र ११ जनाको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

कपिलवस्तु– कपिलवस्तुमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते एक महिलाको उपचारको क्रममा तौलिहवामा मृत्यु भएको हो। 

National life

मृतक महिलको परिचय नखुलेको प्रहरीले जनाएको छ। दुर्घटनामा ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले मायादेवीलाई जानकारी दिए। दुर्घटनामा घाइते ३१ जना मध्ये २० जनाको गोरुसिंगे र ११ जनाको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ।

बुद्धभूमि नगरपालिका ९ र ४ को सीमामा शनिबार दिउँसो सवा ३ बजे घुम्तीमा बस र ट्रक एक आपसमा ठोक्किएका थिए। काठमाडौंबाट दाङ जाँदै गरेको ना ७ ख ५९५९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ५६६५ नम्बरको ट्रक ठोक्किएका हुन्।

दुर्घटनाका कारण केही बेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो भने अहिले उक्त सडक खुलाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 24, 2022| 19:42 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।