सोमबार, पुस २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • टुकुचामाथिको अतिक्रमण हटाउने काम ठिक भएपनि प्रक्रिया गलत : पूर्वसचिव थापा

टुकुचामाथिको अतिक्रमण हटाउने काम ठिक भएपनि प्रक्रिया गलत : पूर्वसचिव थापा

महानगरबाट नै पारित भएका नक्साअनुसार बनाइएका संरचनामा वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकसँग छलफल र परामर्श नगरी योजनाविहीन भएर महानगरले चलाएको डोजर अभियानबारे उनले असन्तुष्टि व्यक्त गरे।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

काठमाडौं- पूर्वसचिव किशोर थापाले टुकुचा खोलामाथिको अतिक्रमण हटाउने काम ठिक भएपनि काठमाडौं महानगरपालिकाको प्रक्रिया गलत भएको बताएका छन्। टुकुचा खोला अतिक्रमणबारे पीडित, महानगर प्रतिनिधि, र कानुनविदसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै २०७४ सालमा महानगर मेयका लागि उम्मेदवारसमेत रहेका पूर्वसचिव थापाले यस्तो बताएका हुन्। 

National life

महानगरबाट नै पारित भएका नक्साअनुसार बनाइएका संरचनामा वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकसँग छलफल र परामर्श नगरी योजनाविहीन भएर महानगरले चलाएको डोजर अभियानबारे उनले असन्तुष्टि व्यक्त गरे। 

'सहरी विकासको सन्दर्भमा टुकुचा खोला कस्तो हुनुपर्ने हो र त्यसलाई कस्तो बनाउनु पर्ने हो भन्नेबारे महानगरले योजना बिनै उत्खननमा लागेको देखिएको  छ। ढल र फोहरको उचित व्यवस्थापन र नदी क्षेत्रमा भइरहेको अतिक्रमणलाई ध्यान दिएर डोजर अभियानलाई अगाडि बढाउनुपर्छ,' उनले भने, 'यो योजनाको फाइदा र नोक्सान प्रभावित क्षेत्रकै स्थानीयहरूले बेहोर्ने हुन्। टुकुचा क्षेत्रमा नक्सा पास गरी कानुनी रूपमै बसोबास गर्दै आएका पीडित र अतिक्रमण गरी बसेकाहरूसँग छुट्टाछुट्टै छलफल गरेर समस्याको समाधानतर्फ लाग्न महानगर चुक्नुहुँदैन।’ 

इन्जिनियर योगेश मिश्रले काठमाडौँ महानगरले टुकुचा उत्खनन सुरु गर्नु पूर्व नै सम्पूर्ण अध्ययन अनुसन्धान सुरु हुनुपर्नेमा जोड दिए।२०२१ मा तत्कालीन पञ्चायतबाट नक्सा पास गरी कानुनी रूपमै सो क्षेत्रमा बसोबास गर्दै आएकाले आफूहरूलाई भूमाफियामा गणना गरिएको भन्दै उनले दुखेसो व्यक्त गरे। 

जलस्रोत विज्ञ अरुणभक्त श्रेष्ठले टुकुचा उत्खनन गर्दा वस्तुगत अनुसन्धानबाट व्यवस्थापनबारे निकास दिनुपर्नेमा जोड दिए। कानुनविद् भरत खरेलले व्यक्तिगत तथा निजी सम्पत्तिको वास्ता नगरी डोजर चलाउन नहुने बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 24, 2022| 19:28 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।