शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेमा अध्यक्ष, महासचिव र केन्द्रीय सदस्य निर्वाचित हुने, बाँकी पदाधिकारी मनोनीत गर्न प्रस्ताव

एमालेमा अध्यक्ष, महासचिव र केन्द्रीय सदस्य निर्वाचित हुने, बाँकी पदाधिकारी मनोनीत गर्न प्रस्ताव

बाँकी पदाधिकारी भने अध्यक्षले मनोनीत गर्ने प्रस्ताव छ। पार्टीमा पोलिट्ब्युरो र वैकल्पिक केन्द्रीय सदस्य नरहने साथै केन्द्रीय कमिटी २२५ जनाको रहनेलगायतका व्यवस्था प्रस्तावमा उल्लेख छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठकमा पार्टीका पदाधिकारीमा अध्यक्ष र महासचिव मात्र निर्वाचित गर्ने प्रस्ताव पेस भएको छ। एमालेको जारी स्थायी कमिटी बैठकमा यस्तो प्रस्ताव पेस भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका हुन्। 

बाँकी पदाधिकारी भने अध्यक्षले मनोनीत गर्ने प्रस्ताव छ। पार्टीमा पोलिट्ब्युरो र वैकल्पिक केन्द्रीय सदस्य नरहने साथै केन्द्रीय कमिटी २२५ जनाको रहनेलगायतका व्यवस्था प्रस्तावमा उल्लेख छ। 

प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेर छलफलका लागि तल्लो कमिटीमा पठाउने छ। त्यसपछि भदौ २७ र २८ मा आयोजना हुने विधान अधिवेशनवाट पारित भएपछि एमालेको नयाँ विधान लागू हुनेछ। त्यसपछि त्यसै अनुसार पार्टीको दसौं महाधिवेशनबाट सरचना फेरबदल हुनेछ।

सोमबार ११ बजे स्थायी कमिटी बैठक बसेको थियो। अहिले केन्द्रीय कमिटी बेठक सुरु भएको छ। 

२०७१ को एमाले विधान अनुसार अहिले एमालेमा अध्यक्षसँगै ५ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव र ५ सचिव निर्वाचित हुने प्रावधान छ।


प्रकाशित: Aug 09, 2021| 16:05 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...