बिहीबार, असार ४, २०८३

शेखरको खबरदारी सभामा चुनावी टिकटका सम्भावितहरु नै अनुपस्थित

नेपाली कांग्रेसको संस्थापनइतर शेखर कोइराला समूहले समान अवसर र न्यायका निम्तिभन्दै खबरदारी सभा गर्‍यो। आसन्त प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीमा समान अवसर पाउनुपर्ने भन्दै संस्थापन समूहविरुद्ध खबरदारी सभा गरेको हो।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

काठमाडौं- नेपाली कांग्रेसको संस्थापनइतर शेखर कोइराला समूहले समान अवसर र न्यायका निम्तिभन्दै खबरदारी सभा गर्‍यो। आसन्त प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीमा समान अवसर पाउनुपर्ने भन्दै संस्थापन समूहविरुद्ध खबरदारी सभा गरेको हो। 

National life

तर, उक्त खबरदारी सभामा आगामी निर्वाचनमा टिकट निश्‍चित भएका र समानुपातिक सूचीमा परेका अधिकांश नेताहरु उपस्थित भएनन्। खबरदारी सभामा उपस्थित नहुनेहरुमा समूहको नेतृत्व गरिरहेका शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री बद्री पाण्डे, उपसभापतिमा पराजित भएका चन्द्र भण्डारी, महामन्त्रीमा पराजित भएका डा. मिनेन्द्र रिजाल, नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीलगायतका नेताहरु छन्। 

नेता कोइराला मोरङ-६ बाट प्रत्यक्ष निर्वाचनमा प्रतिनिधि सभामा लड्ने भएका छन् भने उपसभापति धनराज गुरुङ स्याङ्जा -१ बाट चुनाव लड्ने भएका छन्। त्यसैगरी महामन्त्री गगनकुमार थापा काठमाडौं-४, सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव लड्ने निश्‍चित छ। उपसभापति चन्द्र भण्डारी गुल्मी-१ बाट, महामन्त्रीमा पराजित भएका डा. मिनेन्द्र रिजाल मोरङ-२ बाट, नेता अर्जुननरसिंह केसी र बलबहादुर केसी सोलुखुम्बुबाट टिकट पाउने निश्‍चित भएको छ। त्यसैगरी शेखर समूहकै नेता अजय दुवेदी पर्सा-१ बाट चुनाव लड्ने भएका छन्। 

त्यसैगरी प्रदेशमा निर्वाचन लड्‍ने र पार्टीले टिकट दिने पक्कापक्की भएका शेखर समूहका प्रदेश सभापतिहरु अमरसिंह पुन र शुक्रराज शर्मा पनि खबरदारी सभामा उपस्थित भएनन्। गण्डकी प्रदेशका सभापति शर्मा प्रदेशतर्फबाट  समानुपातिक बन्दसूचीमा परेका छन्। 

यसरी आफ्नो टिकट फिक्स भएका नेताहरु नै खबरदारी सभामा अनुपस्थित भएपछि उक्त सभा टिकट पाउने सम्भावना नभएका र असन्तुष्ट नेताहरुको भेलामा परिणत भएको टिप्पणी हुन थालेको छ। उक्त खबरदारी सभामा उपस्थित नेताहरुले निर्वाचन आयोगमा पेश भएको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सच्याउन र प्रत्यक्षतर्फ शेखर समूहलाई ४० प्रतिशत भाग दिन माग गरेको छ। 

Shivam cement

खबरदारी सभामा सप्तरी-४ मा टिकट पाउने सम्भावना भएका तेजुलाल चौधरी र समानुपातिकको बन्द सूचीमा परेकी प्रतिमा गौतमबाहेक अन्य सबै टिकट पाउने सम्भावना नभएपछि असन्तुष्ट बनेकाहरुको उपस्थिति रहेको थियो। 

कार्यक्रममा गुरु घिमिरे, भुपेन्द्रजंग शाही, मनोजमणि आर्चाय, जगदिश नरसिंह केसी, प्रकाश स्‍नेहीलगायतको उपस्थिति रहेको थियो। गुरु घिमिरेको निर्वाचन क्षेत्र मोरङ-४ माओवादीका अमनलाल मोदी चुनाव लड्ने भएका छन्। त्यसैगरी भूपेन्द्रजंग शाहीको निर्वाचन क्षेत्र कालीकोटमा पनि माओवादीले नै टिकट पाउने भएको छ। त्यसैगरी जगदिशनरसिंह केसीले पनि प्रतिनिधि सभामा टिकट पाउने सम्भावना छैन। बझाङ गठबन्धनको बाँडफाँट अनुसार नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी चुनाव लड‍्ने भएपछि प्रकाश स्‍नेहीले पनि टिकट नपाउने भएका हुन्। उनी यसअघि समानुपातिकबाट सांसद भइसकेको हुँदा समानुपातिक बन्द सूचीमा पनि अटाएका छैनन्। 

उक्त खबरदारी सभामा सत्तारुढ गठबन्धनको बैठकमा भागबन्डाको हिसाब मिलाएर मात्र कांग्रेसले चुनाव जित्‍न नसक्‍ने नेताहरुको दाबी थियो। खबरदारी सभालाई सम्बोधन गर्दै नेता घिमिरेले पार्टी संस्थापनले पेलिरहेकाले त्यसको प्रतिवाद गर्न पदाधिकारी र नेताहरुलाई खुट्टा नकमाउन आग्रह गरे। घिमिरे यसअघि प्रदेशमा १ को पार्टी सभापतिमा दुई मतले उद्धव थापासँग पराजित भएका थिए। समूहकै नेताहरु शेखर कोइराला, सुजाता कोइरालालगायतले पनि मत नदिएपछि घिमिरे असन्तुष्ट बनेका थिए। 

कार्यक्रममा बोल्दै घिमिरेले जथाभावी उम्मेदवार चयन गर्दा पार्टीका लागि मत माग्‍न अप्ठेरो पर्नेतर्फ संस्थापन पक्षलाई सचेत गराए। उनले भने, ‘समानुपातिकमा देखाउन मिल्ने मान्छे राख्नुस्। अहिले प्रदेश १ मा राखिएका मान्छे हामी चिन्दैनौं। यस्तो नाम राख्‍न कसले दियो अधिकार?’ पार्टीमा न्यायोचित टिकट वितरण नभए ४० प्रतिशत भाग हातहाती चाहिने घिमिरेले बताए।

प्रकाशित: Sep 24, 2022| 17:34 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...