बिहीबार, असार ४, २०८३

सिट बाँडफाँटमा ९० प्रतिशत कुरो मिलिसक्यो : अध्यक्ष नेपाल

आगामी ४ मंसिरमा हुने चुनावमा गठबन्धनबीच सिट बाँडफाँटको सकस १० प्रतिशत मात्र बाँकी रहेको नेता नेपालको दाबी।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या रहेको दाबी गरेका छन्। शनिबार रौतहटको एक कार्यक्रममा सहभागी हुन आएका पूर्वप्रधानमन्त्री नेपालले सिमरा विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै दलहरुबीच सिट बाँडफाँट टुंगो लागिसकेको बताएका हुन्। 

National life

‘१० देखि बढीमा २० प्रतिशत मात्रै टुंगो लगाउन बाँकी छ। त्यो पनि आज वा भोलिसम्म सहमति भइहाल्छ,’ नेपालले भने। ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आफूलाई सबैतिरबाट चाप, दबाब र तानातान भएकाले जसले बढी तान्न सक्छ, सोही क्षेत्रबाट चुनाव लड्ने उनले सुनाए।

‘रौतहटको क्षेत्र–१, ४ र काठमाडौं–२ मध्ये एउटा क्षेत्रबाट उम्मेदवारी दिने विचार छ तर अहिले नै टुंगो लागेको छैन’, उनले भने। नेता नेपालले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थाल्नुअघि नै टाँगिया बस्तीलाई अन्यत्र व्यवस्थापन गर्ने, विमानस्थल निमार्णका लागि ठाउँ खाली गर्ने र स्रोत सुनिश्चितता भएपछि मात्रै शिलान्यास गरिने बताए।

उनले भने, ‘शिलान्यास गर्नु गाह्रो छैन। खाल्डो खन्यो, २ वटा इँटा राख्यो। त्योभन्दा पनि निर्माण गर्ने कुरा मुख्य हो। निर्माण सुनिश्चितता हुनुपर्छ। सरकारसँग पैसाको कुनै कमी छैन। अहिले नै ५० करोड दिन सकिहाल्छ।’

प्रकाशित: Sep 24, 2022| 11:56 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...