मंगलबार, साउन १९, २०८३

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

काठमाडौं- नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ। 

शुक्रबार दिउँसो स्वयंभूमा बसेको भेलाले शनिबार दिउँसो १ बजे बानेश्वर ब्यांकेटमा खवरदारी सभा गर्ने निर्णय गरेको हो। भेलामा शेखर कोइराला पक्षका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य, केन्द्रीय सदस्यका उम्मेदवार, जिल्ला सभापति, प्रदेश सभापति, भ्रातृ संस्थाका प्रतिनिधिसहित, काठमाडौंमा रहेका टिकटका आकांक्षीको उपस्थित रहेका थिए। 

भेलाले पार्टीभित्रको लोकतान्त्रिक पद्धतिलाई अंगाल्नका लागि नेतृत्वलाई दबाब दिने निर्णयसमेत गरेको छ। सत्ता गठबन्धनमा दलहरूले प्रतिशत खोज्ने तर पार्टीभित्रै ४० प्रतिशतको हिस्सेदारलाई बाइपास गरेर अगाडि बढ्नु न्यायोचित नभएको शेखर समूहको निर्कर्ष छ। 

पार्टीभित्रको एक पक्षलाई बाइपास गर्दा समग्रमा गठबन्धनमै पनि कांग्रेसलाई घाटा हुने उनीहरूको ठहर छ। यसलाई पार्टी नेतृत्वले गम्भीरतापूर्वक लिनुपर्ने उनीहरूको माग छ।

प्रकाशित: Sep 24, 2022| 10:00 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...