बिहीबार, असोज ११, २०८०

रेशमसँग सहयोग मागिरहेकी आरजु प्रत्यक्षबाट किन ‘ब्याक’?

कांग्रेसले कारबाही गरेका पुष्करनाथ ओझा फ्याक्टर, उन्मुक्ति पार्टीको उदय र स्वास्थ्य समस्यका कारण आरजु ब्याक हटेको हुन सक्ने आकलन कांग्रेसका स्थानीय कार्यकर्ताको छ।
 |  शुक्रबार, असोज ७, २०७९
averest bankaverest bank

काशीराम बजगाई

काशीराम बजगाई

शुक्रबार, असोज ७, २०७९

काठमाडौं- गत असार ३० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ प्रधानमन्त्रीपत्‍नी आरजु देउवाबीच भारतस्थित नयाँदिल्लीमा भेट भयो। उक्त भेटले नेपाली राजनीति तरंगित बन्यो, प्रतिनिधिसभा निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री बनाउने सौदाबाजी भएको हल्ला नेकपा एमालेलगायतले फैलाए।

sagarmatha cement

अघिल्लोपटक कैलाली–५ मा एमालेका नारदमुनि रानासँग पराजित भएकी राणाले सुरक्षित क्षेत्रहरु हेर्न थालिन्। कैलालीमा जित पक्का नभएको महसुस गरेकी उनले बर्दिया र कञ्चनपुरमा पनि सम्भावित क्षेत्रका रुपमा नजर लगाइन्। तर अन्ततः कैलाली–५ बाटै चुनाव उठ्ने तयारी उनले गरिन्। 

कैलालीबाट एकल सिफारिस भएकी उनी अन्य चार जिल्लाबाट पनि सिफारिसमा परिन्। कैलालीबाटै उठ्ने लगभग पक्का गरेर उनले चुनावी तयारी पनि थालिन्। अन्तत: उनी एकाएक प्रत्यक्षबाट ‘ब्याक’ भएर समानुपातिकमा बसिन्। लामो समय जित-हारको अंकगणितको अध्यनोपरान्त प्रत्यक्ष छाडेर डडेल्धुराबाट उनको नाम समानुपातिकको बन्द सूचीमा पठाइयो।

प्रत्यक्षमै चुनाव लड्न लामो समयदेखि तयारी गर्दै, अन्य दलसँग सहयोगका लागि अनुरोध गरिरहेकी उनी एकाएक ब्याक किन भइन्? जानकारहरुका अनुसार उनी पछि हट्नुपछाडि मुख्यतः तीन कारण रहेका छन्। कांग्रेसले कारबाही गरेका पुष्करनाथ ओझा फ्याक्टर, उन्मुक्ति पार्टीको उदय र स्वास्थ्य समस्यका कारण आरजु ब्याक हटेको हुन सक्ने आकलन कांग्रेसका स्थानीय कार्यकर्ताको छ।

ओझा फ्याक्टर
२०७० मा सम्पन्‍न दोस्रो संविधानसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरासँगै कैलाली–५ मा पनि जित निकाले। दुवै ठाउँ जितेपछि उनले एक ठाउँ छाड्नुपर्ने भयो। देउवाले डडेलधुरा रोजेर कैलाली छाडे। उपनिर्वाचन भयो। एमालेका महेश्वर पाठकलाई पराजित गर्दै कांग्रेसबाटै पुष्करनाथ ओझा निर्वाचित भए।

प्रकाशित: Sep 23, 2022| 20:57 शुक्रबार, असोज ७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्