मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • समानुपातिक सूचीप्रति कांग्रेसमा असन्तुष्टि, शेखर समूहले बोलायो भेला

समानुपातिक सूचीप्रति कांग्रेसमा असन्तुष्टि, शेखर समूहले बोलायो भेला

समानुपातिक उम्मेदवारको बन्द सूचीमा सभापति शेरबहादुर देउवा समूहले एकलौटी गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं– समानुपातिक उम्मेदवारको बन्द सूचीमा सभापति शेरबहादुर देउवा समूहले एकलौटी गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ। देउवा समूहले एकलौटी ढंगबाट समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको भन्दै इतर समूहले प्रतिकारमा उत्रिने निर्णय गरेको छ। 

१४ औं महाधिवेशनका सभापतिका प्रत्यासी डा. शेखर कोइराला समूहले सभापति देउवाले एकलौटी गरेको विरोधमा शनिबार  खबरदारी सभाको आयोजना गर्ने भएको छ। शेखर समूहले शनिबार बानेश्वर ब्यांक्वेटमा दिउँसो १ बजेलाई खबरदारी भेला बोलाएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए। उनले भने, ‘समानुपातिक सूचीमा सभापतिज्यूले एकलौटी गर्नुभयो। हाम्रो समूहका साथीहरूको नाम काट्ने काम भयो। पार्टीभित्र मनपरित्रतन्त्र हावी भयो। सभापतिले एकलौटी गरेपछि शनिबार खबरदारी भेला बोलाएका छौं।’ 

देउवा समूहले समानुपातिकमा एकलौटी गरेजस्तै प्रत्यक्षतर्फको टिकटमा पनि एकपक्षीय गतिविधि हुने भय शेखर समूहमा देखिएको छ। प्रत्यक्षतर्फको टिकट वितरणका लागि देउवालाई दबाब दिनका लागि शेखर समूहले खबरदारी भेला बोलाएको हो।

प्रकाशित: Sep 23, 2022| 16:40 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...