शनिबार, चैत ११, २०७९

राष्ट्रपतिको कदम प्रतिगमनको नयाँ स्वरूप भएको प्रचण्डको आरोप

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम प्रतिगमनको नयाँ स्वरुप भएको आरोप लगाएका छन्।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम प्रतिगमनको नयाँ स्वरुप भएको आरोप लगाएका छन्।

National life insurance

शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गत वर्षदेखि राष्ट्रपतिमा प्रतिगमनको नयाँ-नयाँ स्वरूप देखिन थालेको बताए।

प्रतिनिधिसभा विघटन प्रकरणमा प्रतिगमनको विरोध गर्दै किसान र श्रमिक सडकमा उत्रिएपछि परास्त भएको बताउँदै उनले राष्ट्रपतिको कदमविरूद्ध पनि सडकमा उत्रिनुपर्ने अभिव्यक्ति दिएका छन्।

‘गत साल लाखौंलाई सडकमा ल्याएपछि मात्र त्यो परास्त गर्‍यौं। अहिले पनि किसान, सुकुम्बासी, जनतालाई अगाडि बढाएर शिक्षीत गर्दै आन्दोलित गरेर त्यसलाई परास्त गर्न सकिन्छ,’ उनले भने।

प्रकाशित: Sep 23, 2022| 02:27. 01 शुक्रबार, असोज ७, २०७९