शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • राजनीति
  • परराष्ट्रमन्त्री खड्कासँग युरोपेली संसदीय प्रतिनिधिमण्डलको भेट

परराष्ट्रमन्त्री खड्कासँग युरोपेली संसदीय प्रतिनिधिमण्डलको भेट

नेपालको दुईदिने भ्रमणमा रहेको युरोपेली संसदीय प्रतिनिधिमण्डलको टोलीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेको छ।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं– नेपालको दुईदिने भ्रमणमा रहेको युरोपेली संसदीय प्रतिनिधिमण्डलको टोलीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेको छ। बिहीबार काठमाडौं आइपुगेको प्रतिनिधिमण्डलको टोलीले आज शुक्रबार बिहान मन्त्रालयमा खड्कासँग भेट गरेको हो।

National life insurance

भेटमा नेपाल र यूरोपियन युनियनका द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको थियो। पर्यावरण, जलवायु परिवर्तन तथा नवीकरणीय उर्जा, व्यापार तथा लगानी, विकासशील मुलुकमा नेपालको अवस्था तथा त्यसको तयारी र पर्यटन उद्योग तथा नागरिक उड्डयनका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

युरोपेली संसदीय प्रतिनिधिमण्डलको टोली नेपालको संवधिान २०७२ जारी भएयता यहाँको संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेको प्रगातिका विषयमा जानकारी लिन र द्विपक्षीय सहकार्यका विषयमा छलफल गर्न नेपाल आएको हो। युरोपेली संसद्को भ्रमण टोलीमा अष्ट्रियाबाट रेग्नरको नेतृत्वमा जर्मनीबाट उलरकी मुलर, म्याक्समिलियिन केराह र चेक रिपब्लिकाबाट टमस जेचोभस्की छन्।

युरोपेली सांसदको प्रतिनिधिमण्डलले राजनीतिक नेतृत्व, सरकार र नागरिक समाज लगायतसँग सहकार्यका विषयमा अन्तरक्रिया गर्ने बताइएको छ।


प्रकाशित: Sep 23, 2022| 02:18. 49 शुक्रबार, असोज ७, २०७९