शनिबार, चैत ११, २०७९

सशस्त्रका डीआईजी दाहाल एआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन्।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं- सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन्। 

National life insurance

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम बढुवा समितिको बिहीबारको बैठकले उनलाई बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूले सात दिनभित्र समितिसमक्ष उजुरी दिन सक्ने छन्। 

गत भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीमा थप एक एआईजी दरबन्दी स्वीकृत गरेको थियो। सशस्त्र प्रहरी मुख्यालयका अनुसार कार्य तथा सीमा सुरक्षा विभागलाई अलग-अलग पारिएको छ। यसअघि उक्त विभाग एउटै थियो।


worldlink

प्रकाशित: Sep 23, 2022| 07:07. 44 शुक्रबार, असोज ७, २०७९