बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९
National life
Shivam cement

काठमाडौं- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राष्ट्रपतिले कार्यकाल सकिएपछि राजनीतिक नेतृत्व गरे राम्रो हुने बताएका छन्।

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्। 

‘पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानुनी व्यवस्था छैन। राजनीतिबाटै उनीहरु राष्ट्रपति बनेका हुन्छन्। एकमात्र पूर्वराष्ट्रपतिले पूर्वमान्यता अनुरुपको राजनीति गरेकै छन्’, उनले गरेको ट्विटमा भनिएको छ, ‘मेरो सिधा मत छ, वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो।’

प्रकाशित: Sep 22, 2022| 22:24 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...