शुक्रबार, कात्तिक २८, २०८२

पहिराले देवघाट वेणीसंगम जाने बाटो बन्द

हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक तीर्थस्थल देवघाटधाम पहिराको जोखिममा परेको छ। देवघाटको वेणीसङ्गमस्थल नजिक त्रिशूली नदीतर्फ सुक्खा पहिरो जान थालेपछि देवघाटधाम जोखिममा परेको हो।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं- हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक तीर्थस्थल देवघाटधाम पहिराको जोखिममा परेको छ। देवघाटको वेणीसङ्गमस्थल नजिक त्रिशूली नदीतर्फ सुक्खा पहिरो जान थालेपछि देवघाटधाम जोखिममा परेको हो। 

National life

विनाशकारी भूकम्प पश्चात पहिरो जान सुरु भएको देवघाटधाममा पटकपटक पहिरो खस्दै आएको छ। देवघाटको वेणीसङ्गम नजिकै त्रिशूली नदीतर्फको भागबाट सुक्खा पहिरो जान थालेपछि यहाँ १० रोपनीभन्दा बढी जमिन तथा आठ कुटीमा पूर्ण क्षति पुगिसकेको छ। 

पुनः आज बिहान गएको सुक्खा पहिराका कारण वेणी सङ्गममा स्नान गर्न जाने पदमार्ग नै बन्द भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रिप्रसाद अधिकारीले जानकारी दिए। 'माटो निरन्तर खसिरहेको छ,' उनले भने, 'मानवीय दुर्घटना हुनसक्ने जोखिमले क्षेत्र विकास समितिले बाटो बन्द भएको बोर्ड नै टाँसेको छ।'

देवघाट वेणीमा स्नानका लागि जान क्षेत्र विकास समिति र स्थानीय सरकारले निर्माण गरेको रेलिङसहितको पक्की संरचना नै पहिराले भत्काएर त्रिशूलीमा पुर्‍याएको अधिकारीले बताए। सोह्र श्राद्धको समयमा देवघाटमा श्राद्ध गर्न आउने भक्तजनलाई समस्या भएको उनले बताए। उनले पहिरो ठूलो खसेको र यसको दीर्घकालीन समस्या समाधान गर्नुपर्ने भएकाले प्रदेश र केन्द्र सरकारसंग बजेटका लागि आग्रह गरिएको बताए। 

त्रिशूली नदीको किनारमा चट्टानी ढुङ्गा भए पनि माथिल्लो तहमा बलौटे माटो हुँदा यहाँ पटकपटक पहिरो जान थालेको देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले बताए। यो बाटो हुँदै दैनिक सयौँ तीर्थयात्री वेणीसङ्गम जाने गरेकोमा अब व्यवस्थित मर्मत नगरेसम्म सुचारु गर्न नसकिने उनको भनाइ छ। देवघाटमा रहेको गलेश्वर आश्रमसहित यहाँको पुरातात्विकस्थल संरक्षणमा सबैको साथ आवश्यक रहेको उनले बताए। 

Laxmi sunrise bank
kumari

पहिरो नियन्त्रणका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश तथा संघीय सांसद र नेतालाई अनुरोध गर्दा पनि उनीहरुले कुनै चासो नदिएको गलेश्वर आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले बताए। 'आश्रमको कम्पाउण्डसम्मै पहिरो आइसक्यो,' उनले भने, 'रातमा ठूलो पानी आउँदा हामीलाई पनि निन्द्रा नलाग्ने भइसक्यो।'

देवघाटधामको इतिहास बोकेको गलेश्वर आश्रमको संरक्षणमा राज्यले चासो नदिएको उनको गुनासो छ। पाँच वर्षअघि लाखौँ खर्च गरेर डिपीआर निर्माण गरिएको भए पनि कुनै पनि सरकारले बजेट विनियोजन नगरेको पीठाधीश ज्ञानानन्द सरस्वतीजीले बताए। 

प्रकाशित: Sep 22, 2022| 22:20 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।