आइतबार, फागुन १७, २०८२

चाडपर्व लक्षित बुटवल बसपार्कमा सहायता कक्ष स्थापना

चाडबाडको समयमा यात्रुहरु अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्यसम्बन्धि समस्या हुनसक्ने भएकाले बिहीबारदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरेको हो।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

बुटवल- दसैं र तिहारलाई लक्षित गरी बुटवल उपमहानगरपालिकाले नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। चाडबाडको समयमा यात्रुहरु अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्यसम्बन्धि समस्या हुनसक्ने भएकाले बिहीबारदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरेको हो।

सहायता कक्षबाट यात्रुहरुले स्वास्थ्य चेकजाँच, परामर्श, केही अत्यावश्यक औषधि, मास्कजस्ता सुविधा पाउने शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए। उनका अनुसार बसपार्कमा बुटवल उपमहानगरपालिकाले स्वास्थ्य सहायता, यात्रु सहायता र सरसफाईसम्बन्धि युनिट परिचालन गरेको छ।

‘हामीले बसपार्कमा आउने यात्रुको स्वास्थ्य परीक्षण, यात्रुलाई परेका समस्या समाधान र बसपार्कभित्रको सरसफाइ गर्ने कामको शुरुवात गरेका छौं,' उनले भने, 'यी तीनवटा युनिट चाडपर्वभर निरन्तर बसपार्कमा रहनेछन् र आवश्यक समन्वय, सहकार्यको काम गर्नेछन्।’

उनले चाडबाडमा यात्रुहरुको भीडभाड बढी हुने र बसपार्कभित्र फोहोर समेत बढ्ने भएकाले नियमित रुपमा औषधि छर्ने कामलाई पनि निरन्तर अघि बढाएको बताए।

कोभिड १९, डेंगु र अन्य स्वासप्रस्वासबाट सर्ने रोगलाई ध्यानमा राखेर मास्क लगाउनका लागि प्रेरित गर्ने र स्वास्थ्य सचेतना फैलाउने काम गर्नका लागि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सहायता कक्षमा कर्मचारी खटिने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए। 

kumari

उनले बसपार्कमा आएर अलपत्र परेकाको उद्धार तथा घरसम्म पुग्न बेखर्ची भएकाहरुलाई अवस्था हेरेर सहजीकरण र सहायता गर्ने बताए। 

प्रकाशित: Sep 22, 2022| 21:34 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।