आइतबार, मंसिर ७, २०८२

पौडिमा विकास र अनुभवको राष्ट्रिय कीर्तिमान

प्रदेश नं. १ का विकास कुमाल र त्रिभुवन आर्मी क्लबका अनुभव सुब्बाले २५ औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं- प्रदेश नं. १ का विकास कुमाल र त्रिभुवन आर्मी क्लबका अनुभव सुब्बाले २५ औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। कुमालले ५० मिटर ब्रेष्ट स्ट्रोकमा ३१.०५ सेकेन्डको र अनुभवले १०० मिटर बटरफ्लाईमा ५९ सेकेन्डका साथ नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका हुन्।

National life

२५ मिटर पुलको छोटो दुरीको प्रतियोगितमा यस अघि दुवै विधामा सयद हम्जा शाहको नाममा राष्ट्रिय किर्तिमान थियो। शाहले ८ औं राष्ट्रिय खेलकुदमा ५० मिटर ब्रेष्ट स्ट्रोकमा ३१.५५ सेकेन्ड र १०० मिटर बटरफ्लाईमा १ मिनट ०.२५ सेकेन्डको किर्तिमान आफ्नो नाममा लेखाएका थिए। कुमाल बिहीबार बिहान भएको हिट चरणमानै शाहको नाममा रहेको किर्तिमानलाई भंग गर्दै आफ्नो नाममा ३१.२६ सेकेन्डको किर्तिमान बनाउन सफल भएका हुन्।

५० मिटिर ब्रेष्टस्ट्रोकमा दोश्रो स्थानमा बागमतीका सेरेन सिंह र सेनाका अनुभव सुब्बा तेश्रो स्थानमा अए। यस्तै १०० मिटर बटरफ्लाईमा बागमतीका एल्भिन महर्जन र पुलिसका युभान लाल श्रेष्ठले क्रमशः दोश्रो र तेश्रो स्थान जिते।

४०० मिटर फ्रिस्टायलको प्रतिस्पर्धाम पुलिसका गौरव लामाले ३ मिनट ३६.९८ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते। पुलिसकै सनिल कुमार थापा र एपिएफका उर्गेन महर्जन दोश्रो र तेश्रो स्थानमा आए।

२०० मिटर ब्याक स्ट्रोकमा एपिएफका नेन्जिङ्ग नामदोल रायन गुरुङ्गले २ मिनट १९.११ सेकेन्डका साथ स्वर्ण पाए। प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र पुलिसका गौरव लामाले कास्य पाए। २०० मिटर फ्रिस्टायलमा बागमतीका ईरभिन श्रेष्ठले २ मिनट ४.०७ सेकेन्का साथ स्वर्ण हासिल गर्दा पुलिसका सुविज्ञ मान तुलाधरले रजत र पुलिसकै गौरव लामाले कास्य पाए।

Laxmi sunrise bank
kumari

मिटर ब्रेष्टस्ट्रोकमा प्रदेश १ का बिकास कुमालले १ मिनट ८.४६ सेकेन्डका साथ आफ्नो प्रदेशका लागि दोश्रो स्वर्ण जोडे। बागमतीका सेरेन सिंहले रजत र एपिएफका जाडेन श्रेष्ठले कास्य पाए। ५० मिटर बटरफ्लाईमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङ्गले २७.२४ सेकेन्ड समयका साथ स्वर्ण हासिल गरे। यस्तै सेनाका अनुभव सुब्बाले रजत र प्रदेश १ का बिकास कुमालले कास्य पाए।

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने ९ औं राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै आयोजना गरिएको प्रतियोगिताको ५० मिटर ब्रेष्टस्ट्रोकमा सेनाकी उपास्ती महर्जनले स्वर्ण जितेकी छन्। उनले उक्त दुरी ३६.९० सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन। प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र बागमती श्रेनु महर्जनले कास्य पाएकी छन्।

यस्तै २०० मिटर फ्रिस्टायलमा सेनाकी अनुसिया तण्डुकारले २ मिनट १७.०१ सेकेन्डका साथ स्वर्ण प्राप्त गर्दा पुलिसकी समिरा शोभा थापाले रजत र बागमतीकी रोशा न्यौपानेले कास्य जितिन्। १०० मिटर ब्रेष्टस्ट्रोकमा सेनाकी उपास्तीले आफ्नो ब्यक्तिगत तथा सेनाको लागी दोश्रो स्वर्ण जितिन्।

उनले १ मिनट २२.९१ सेकेन्डका साथ स्वर्ण जितेकी हुन्। यस्तै प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र एपिएफकी राभ्या श्रेष्ठले कास्य पाए। ५० मिटर बटरफ्लाईमा बागमतीकी रोशा न्यौपानेले ३३.११ सेकेन्डका साथ स्वर्ण जोडिन्। सेनाकी अनुशिया तण्डुकारले रजत र बागमतीकी टिशा महर्जनले कास्य हासिल गरे।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए। कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले ९ औं राष्ट्रिय खेलकुदलाई मध्यनजर राख्दै प्रतियोगिता आयोजना गरेकोमा संघलाई बिशेषत अध्यक्ष अशोक बज्राचार्यलाई धन्यवाद प्रदान गरे। उनले अवका दिनमा पौडी खेलले नतिजा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको भन्दै पूर्वाधारका कारण नतिजा प्राप्त नभएको भनि गुनासो सुन्न नचाहेको बताए।

अशोज ५ र ६ गते आयोजना गर्ने भनिएको प्रतियोगिता प्राविधिक कारण १ दिन ढिलो गरि सञ्‍चालन गरिएको थियो।

प्रकाशित: Sep 22, 2022| 20:11 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।