मंगलबार, फागुन १९, २०८२

खुला टेबलटेनिसमा हिमाल र वियन्कालाई स्वर्ण

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज् फाइनलमा हिमालले कान्तिपुर भ्याली पिङपोङ क्लबका विशाल गोलेलाई ११–६, ७–११, ११–६ र ११–७ को सेटमा पराजित गरे। केकेएम-एनआरटीका धनन्जय दाहाल र एपीएफका रुविन महर्जन तेस्रो भए।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

kumari

काठमाडौं- आयोजक काठमाडौं खेल मण्डल (केकेएम) न्यु रोड टिम (एनआरटी)का हिमाल विष्ट र एपीएफकी वियन्का राईले केकेएम-एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन्। यु–१९ जुनियर सिंगल्सको ब्वाइजमा हिमाल र गर्ल्समा वियन्का पहिलो भएका हुन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज् फाइनलमा हिमालले कान्तिपुर भ्याली पिङपोङ क्लबका विशाल गोलेलाई ११–६, ७–११, ११–६ र ११–७ को सेटमा पराजित गरे। केकेएम-एनआरटीका धनन्जय दाहाल र एपीएफका रुविन महर्जन तेस्रो भए।

गर्ल्सको उपाधि भिडन्तमा वियन्काले मोर्डन कलेजकी दिया देउलालाई १२–१०, ८–११, ११–७ र ११–८ को सेटमा हराए। नेपाल आर्मीकी सुष्मिता खड्का र केकेएम÷एनआरटीकी अन्जु सुवालले कास्य हात पारे। पुरुष-महिला खुला सिंगल्समा क्‍वार्टरफाइनल समीकरण पूरा भएको छ।


प्रकाशित: Sep 22, 2022| 19:46 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।