आइतबार, मंसिर १७, २०८०
  • गृहपृष्ठ
  • प्रदेश
  • सुदूरपश्‍चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. टीएन जोशी नियुक्त

सुदूरपश्‍चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. टीएन जोशी नियुक्त

सुदूरपश्‍चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. टीएन जीशी नियुक्त भएका छन्। सुदूरपश्‍चिम सरकारले डा. जोशीलाई सुदूरपश्‍चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो।
 |  बिहीबार, असोज ६, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं- सुदूरपश्‍चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. टीएन जीशी नियुक्त भएका छन्। सुदूरपश्‍चिम सरकारले डा. जोशीलाई सुदूरपश्‍चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो।

sagarmatha cement

सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बिहीबार उनलाई उपकुलपतिमा नियुक्त भएको पत्र हस्तान्तरण गरेका थिए। उनको नियुक्तिले सुदूरपश्‍चिमको कला-साहित्य अझै फराकिलो हुने मुख्यमन्त्री भट्टको विश्‍वास छ।  

सुदूरपश्‍चिको कला-संस्कृतिमा विद्यावारिधि गरेका डा. जोशी लामो समयदेखि सुदूरपश्‍चिमको कला संस्कृति प्रबर्द्धनमा काम गरेका व्यक्ति हुन्। सुदूरपश्‍चिममा रहेर रेडियो नेपाल, बीबीसी नेपाली सेवालगायतका विभिन्‍न प्रतिष्ठित सञ्‍चारमाध्यममा काम गरेका डा. जोशी कैलाली जनपुस्तकालयका अध्यक्षसमेत हुन्। 

त्रिभूवन विश्‍वविद्यालय र सुदूरपश्चिम विश्‍वविद्यालयका विभिन्‍न कलेजमा नेपाली साहित्य र पत्रकारिता प्राध्यापन गराउँदै आएका डा. जोशीका विभिन्‍न साहित्यिक पुस्तकसमेत प्रकाशनमा छन्। नियुक्त भएपछि  सुदूरपश्‍चिममा कला, साहित्य र संस्कृतिको भण्डार रहेकोले यसको प्रबर्द्धनका लागि आफूले भूमिका खेल्‍नेसमेत बताए।

उनले भने, 'लामो समयदेखि म यहाँको कला, साहित्य र संस्कृतिको खोज अनुसन्धान र प्रबर्द्धनमा बिताएकोले अब यसलाई संस्थागतरुपमा थप क्रियाशील भएर काम गर्ने उर्जा प्राप्त भएको छ। सुदूरपश्‍चिम सरकारले मलाई सुम्पिएको यो जिम्मेवारीलाई थप दृढताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।' 

प्रकाशित: Sep 22, 2022| 19:38 बिहीबार, असोज ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।