बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बंगलादेशविरुद्ध मैदान उत्रने टोलीको घोषणा, १० खेलाडीको पुनरागमन

बंगलादेशविरुद्ध मैदान उत्रने टोलीको घोषणा, १० खेलाडीको पुनरागमन

निवर्तमान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवाद भएपछि टोलीबाट हटाइएका १० जना खेलाडीले पुनरागमन गरेका छन्। यद्यपि कप्तानको भने टुंगो लागेको छैन।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं- बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले बिहीबार एन्फा कम्प्लेक्समा २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

National life

निवर्तमान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवाद भएपछि टोलीबाट हटाइएका १० जना खेलाडीले पुनरागमन गरेका छन्। यद्यपि कप्तानको भने टुंगो लागेको छैन।

नयाँ घोषित टिममा रितिक खड्का र आशिष चौधरीले डेब्यु गरेका छन्। असोज ११ गते बंगलादेश र नेपालबीच दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। 

नेपाली टिम

गोलकिपर: किरण चेम्जोङ्ग, विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु

Shivam cement

डिफेन्डर: रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रेजिन धिमाल

मिडफिल्डर: सुदिप गुरुङ, तेज तामाङ, सेसेहनङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजज्यु ठकुरी, एरिक विष्ट

फरवार्ड: विमल घर्ती मगर, अन्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरी

प्रकाशित: Sep 22, 2022| 15:31 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।