बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ७ जना प्रधानमन्त्री फेरेँ, ओली जत्तिको राजनेता कोही भेटिनँ : सर्वेन्द्र खनाल

७ जना प्रधानमन्त्री फेरेँ, ओली जत्तिको राजनेता कोही भेटिनँ : सर्वेन्द्र खनाल

पार्टी कार्यालयमा ओलीका हातबाट टीका लगाएर एमाले प्रवेश गर्दै उनले यस्तो बताएका हुन्।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं- नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जत्तिको राजनेता आफूले अरू कसैलाई नपाएको जिकिर गरेका छन्। पार्टी कार्यालयमा ओलीका हातबाट टीका लगाएर एमाले प्रवेश गर्दै उनले यस्तो बताएका हुन्। 

National life

प्रहरीमा जागिर खाँदादेखि आइजीपी हुँदासम्म ओलीसरहको राजनेता अर्को नभेटिएको र ओलीको भाषणबाट लालयित भएको उनको भनाइ छ। खनालले राष्ट्र र नेपाली नागरिकप्रतिको भूमिकाप्रति सम्मान गर्दै अध्यक्ष ओलीको छत्रछायाँमा काम गर्ने इच्छा जागेर एमाले प्रवेश गरेको स्पष्ट पारे। प्रधानमन्त्री भएको बेला ओलीले राम्रा काममा मात्रै सघाएको दाबी गरेका उनले ओली सम्पूर्ण प्रहरी कर्मचारीको आशाको केन्द्रसमेत रहेको दाबी गरेका थिए। यद्यपि ओली नेतृत्वको सरकार रहँदा तत्कालीन समाजवादी पार्टीका सांसदलाई जनकपुरबाट अपहरण गरी काठमाडौंसम्म ल्याएको आरोपमा उनीमाथि लाग्दै आएको छ।  

'मैले करिव ७ वटा प्रधानमन्त्री फेरेँ। किशुनजीदेखिका। मैले उहाँका धेरै कुरा देख्न पाइनँ, मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ। म उहाँका कुराबाट लालायित हुन्थेँ। अध्यक्ष कमरेडले राष्ट्र र नागरिकप्रतिको भुमिकालाई देखेर उहाँको पार्टीमा प्रवेश गरेको हुँ,' खनालले थपे, 'सम्पूर्ण गतिविधिहरू नचाहिने गतिविधि, आतंककारी गतिविधि, उच्शृंखल गतिविधिदेखि लिएर विभिन्न उल्लेखनीय काम गर्ने चेष्टा राखेर काम गर्दा राम्रा कामबाहेक नराम्रा कामलाई कहिल्यै प्रश्रय नदिने हाम्रा श्रद्धेय कमरेडको शीतल छहारी पाउनेछु भन्ने विश्वास लिएको छु। नियम र विधिसम्मत काम गर्दा निर्धक्कको वातावरण बनाउने राजनेता सायद मैले अर्को भेटिनँ। एमालेमा प्रवेश गर्न म पाउँदा हर्षविभोर भएको छु। आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुशी छु।’

पूर्वआइजीपी खनालले एमालेको इमान्दार सिपाहीको रुपमा पार्टीले दिएको जिम्मेवारी स्वीकार गर्ने बताए। आम नेपालीको अपेक्षा, देश, विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपाली बनाउने सबैभन्दा उत्तम पार्टी एमाले भएको उनको जिकिर छ। 

प्रकाशित: Sep 22, 2022| 14:55 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...