सोमबार, मंसिर ८, २०८२

राजु श्रीवास्तव: जो बिनातयारी गफैगफमा दुनियाँलाई हँसाउन सक्थे

गत अगस्ट १० मा होटलको जिममा व्यायाम गर्दागर्दै बेहोस भएका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको २२ सेप्टेम्बरमा निधन भयो।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

गत अगस्ट १० मा होटलको जिममा व्यायाम गर्दागर्दै बेहोस भएका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको २२ सेप्टेम्बरमा निधन भयो। हृदयाघात भएपछि उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो। 

National life

हृदयाघात हुनुअघिसम्म पनि उनी विभिन्न कार्यक्रमहरुमै व्यस्त थिए, दर्शकलाई हँसाइरहेका थिए। कवि रमेश श्रीवास्तव उर्फ ​​बलाई काकाको घरमा सन् १९६३ मा कानपुरमा जन्मेका राजु श्रीवास्तवलाई बाल्यकालदेखि नै फिल्म स्टारहरूको नक्कल गर्ने मन थियो।

सायद उनले कमेडीको दुनियाँमा अमिताभ बच्चनको नक्कल गरेर सबैभन्दा धेरै नाम कमाएका थिए। तर, उनले युट्युब, टिभी, सीडी र डीभिडी नभएको जमानामा कमेडी गर्न थाले। उनको पहिलो कमेडी स्केच 'हसना मना हे' पनि अडियो क्यासेटको रूपमा देखा परेको थियो।

राजु श्रीवास्तवले आफ्नो एक अन्तर्वार्तामा यो कुरा उल्लेख गर्दै भनेका छन्, 'सन् १९८० को दशकको कुरा हो, त्यतिबेला त्यति धेरै च्यानल थिएनन्, दूरदर्शन मात्र थियो। म त्यो समयको मान्छे हुँ, जतिबेला डीभिडी, सीडी थिएन। पेनड्राइभ पनि थिएन त्यसबेला हाम्रा अडियो क्यासेटहरू रिलिज हुन्थ्यो, जो अड्किन्थ्यो, त्यसमा पेन्सिल हालेर मिलाउनुपर्थ्यो। टी-सिरिजमा हाम्रो क्यासेट आएको थियो।' 

राजु श्रीवास्तवले भनेका थिए, 'त्यस युगको विशेषता यो थियो कि त्यो पनि हिट भयो। तर हामी चुलबुलाहट स्वाभावमा एक रिक्सामा बसेका थियौँ। त्यो रिक्सामा हाम्रो क्यासेट बजिरहेको थियो, तर श्रोताले चिन्दैनथे। कहिलेकाहीँ हामी नै हाम्रो रिक्सा नजिकै गएर श्रोताहरुलाई जिस्काउने हेतुले रिक्सावाललाई भन्थ्यौं-  के बजाउँदै छौ यार, यसलाई बन्द गरेर अर्को अलि राम्रो लगाऊ। रिक्सावाला भन्थ्यो, त्यस्तो हैन भाइ कोही श्रीवास्तव भन्ने रहेछ यसले खुब सबैलाई हँसाउदो रहेछ।'

Laxmi sunrise bank
kumari

राजुले एउटा किस्सा सुनाए, 'एक पटक हामी ट्रेनमा हाम्रा पात्र मनोहरको शैलीमा कसैलाई शोलेको कथा सुनाउँदै थियौं, एक अंकल माथिल्लो साइटमा सुतिरहेका थिए। हाम्रो कुरा सुनेर उनी तल आए र भने- जे गर्दै हुनुहुन्छ अलि फरक तरिकाले गर्नुहोस्। अलिकति मिहिनेत गरेर क्यासेट बनाउ, बम्बई जाउ, गुलशन कुमारको स्टुडियो त्यतै छ क्यारे। तिमी आफ्नो क्यासेट उतै सुनाऊ त्यसपछि तिम्रो क्यासेट पनि आउँछ। श्रीवास्तवको क्यासेट निस्केको छ, उसबाट आइडिया लेऊ।'

ग्रेट लाफ्टर च्यालेन्जबाट चर्चा

प्रकाशित: Sep 22, 2022| 13:48 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।