मंगलबार, साउन १९, २०८३

ओली दाबी : एमाले कानुनको भाषा बोल्छ, गठबन्धन निजी स्वार्थको

गठबन्धन निजी स्वार्थका लागि जे–जे गर्नुपर्छ, त्यही गरिरहे पनि एमाले देशको स्वार्थका लागि जे–जे गर्नुपर्छ, त्यही गरिरहने ओली बोली।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी देश, संविधान र कानुनको भाषा बोल्ने दाबी गरेका छन्। बिहीबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।

‘नेकपा एमाले देशको भाषा बोल्छ। जनताको भाषा बोल्छ। संविधानको भाषा बोल्छ। कानुनको भाषा बोल्छ। गठबन्धन मसलको भाषा बोल्छ। निजी स्वार्थको भाषा बोल्छ,’ उनले भने। गठबन्धन निजी स्वार्थका लागि जे–जे गर्नुपर्छ, त्यही गरिरहे पनि  एमाले देशको स्वार्थका लागि जे–जे गर्नुपर्छ त्यही गरिरहने ओलीले बताए।

एमाले गठबन्धनका पार्टीजस्तो सुरक्षा खोज्दै दौडिने पार्टी नरहेको अध्यक्ष ओलीको भनाइ छ। ‘हाम्रो पार्टी गठबन्धनजस्तो आफ्नो सुरक्षा खोजेर। आफ्ना स्वार्थका लागि बनेको गठबन्धन होइन’, उनले भने। बिहीबार पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत एमाले प्रवेश गरेका छन्।

प्रकाशित: Sep 22, 2022| 13:32 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...