शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप सन् २०२२ खेल्ने सबैभन्दा प्रभावशाली खेलाडीमा परे रोनाल्डो

विश्वकप सन् २०२२ खेल्ने सबैभन्दा प्रभावशाली खेलाडीमा परे रोनाल्डो

रोनाल्डो अर्जेन्टाइन कप्तान लियोनल मेस्सी र ब्राजिलयन स्टार नेइमारलाई पछि पारेर प्रभावशाली खेलाडी बनेका हुन्।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं– केही महिनापछि कतारमा सुरु हुने विश्वकप सन् २०२२ मा पोर्चुगिच कप्तान क्रिस्टियानो रोनाल्डो सञ्चार माध्यम इन्स्टाग्राममा सबैभन्दा प्रभावशाली खेलाडी बनेका छन्। अन्तर्राष्ट्रिय खेलाडीको डाटा एनलाइस गर्ने कम्पनी निल्सन स्पोर्टसको डाटाअनुसार रोनाल्डो प्रभावशाली खेलाडी बनेका हुन्। उनले अर्जेन्टाइन कप्तान लियोनल मेस्सी र ब्राजिलयन स्टार नेइमारलाई पछि पारेका छन्।

triton college

क्रिस्टियानो रोनाल्डो विश्वभर इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स भएका खेलाडीसमेत हुन्। गत वर्षदेखि अहिलेसम्म ४७ प्रतिशत फलोअर्स बढेका रोनाल्डोको ४८१ मिलियन फलोअर्स रहेका छन्। 

उनले प्रतिपोस्ट ३.६ मिलियन डलर कमाउने निल्सन स्पोर्टस्को तथ्यांकमा समावेश गरिएको  छ।

त्यस्तै, दोस्रो नम्बरमा अर्जेन्टाइन कप्तान लियोनल मेस्सी परेका छन्। रोनाल्डोपछि सबैभन्दा धेरै फलोअर्स भएका खेलाडी रहेका मेस्सीको ३६१ मिलियन फलोअर्स छन्। 

ग्त वर्षको तुलनामा ३८ प्रतिशतका दरले उनका फलोअर्स बढिरहेका छन्। उनले प्रतिपोस्ट २.६ मिलियन डलर कमाउँछन्।

corrent noodles
Metro Mart

ब्राजिलका स्टमर खेलाडी नेइमार जुनियर तेस्रो नम्बरमा परेका छन्। गत वर्षको तुलनामा १३ प्रतिशतले फलोअर्स बढ्दै गएका उनका इन्स्टाग्राममा १७८ मिलियन फलोअर्स रहेका छन्। उनले प्रतिपोस्ट १.५ मिलियन डलर कमाउने निल्सनको तथ्यांकले जनाएको छ।

त्यस्तै, कतार विश्वकपका लागि इन्स्टाग्राममा युवा स्टार खेलाडीमा स्पेनिस युवा मिडफिल्डर गाभी पहिलो नम्बरमा परेका छन्। १८ वर्षे बार्सिलोनाका गाभीको इन्स्टाग्राममा ६.२ मिलियन फलोअर्स रहेका छन्। 

गाभीपछि ब्राजिलियन स्ट्राइकर राफिन्हा दोस्रो नम्बरमा रहेका छन्। उनको इन्स्टाग्राममा तीन मिलियन फलोअर्स रहेका छन्। तेस्रो नम्बरमा ब्राजिलकै एन्टोनी परेका छन्। उनको इन्स्टाग्राममा ४.९ मिलियन फलोअर्स रहेका छन्। यी तीनै खेलाडीको गत वर्षको तुलनामा यो वर्ष फलोअर्स उच्च दरमा वृद्धि भएको र उनीहरूको विश्वकप प्रदर्शनका आधारमा अझै  बढ्ने निल्सनले बताएको छ।


प्रकाशित: Sep 22, 2022| 13:08 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।