मंगलबार, साउन १९, २०८३

एमालेमा प्रवेश गरेपछि सर्वेन्द्र खनालले भने– हर्षविभोर छु

नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं– नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन्। बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे।

उनलाई स्वागत गर्नका लागि एमाले महासचिव शंकर पोखरेल लगायत नेताहरू कार्यक्रममा उपस्थित थिए। कार्यक्रममा खनालले एमालेको सदस्यता लिन पाउँदा आफू हर्षविभोर भएको सुनाए।आम नेपालीको अपेक्षा, देशविदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसी लागेको उनको  भनाइ थियो। अध्यक्ष ओलीको शीतल छाहरी पाउने आशा आफूले लिएको उनले बताए। अध्यक्ष ओलीले खनाललाई काठमाडौं वा तराईका कुनै एक क्षेत्रबाट उम्मेदवार बनाउने आश्वासन दिएको बताइएको छ।

यसअघि खनालले ओलीलाई बुधबार बालकोटमा भेटेर पार्टी प्रवेशको चाजोपाँजो मिलाएका थिए  

ओली प्रधानमन्त्री हुँदा खनाल आईजीपी थिए। खनालमाथि तत्कालीन जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव अपहरण गरेको आरोप लागेको थियो। एमाले नेता तथा सांसद महेश बस्नेतसँग मिलेर खनालले सांसद यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको बताइएको थियो।

बिहीबार नै पुनर्जागरण पार्टीका महामन्त्री रविकिरण हमाल, अब्दुस मियाँलगायत पनि एमालेमा प्रवेश गरेका छन्।

मियाँले काठमाडौं–६ बाट आगामी प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए। उनी यसअघि विवेकशील साझा पार्टीमा आबद्ध थिए। उनी उक्त पार्टीको युवा संगठनका संयोजकसमेत रहेका थिए। पछिल्लो पटक स्थानीय तहको चुनावमा उनी निर्वाचन परिचालन समितिका सदस्य थिए।

स्थानीय तहको चुनावपछि उनले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए।


प्रकाशित: Sep 22, 2022| 12:16 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...