मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सर्वोच्च अदालतले खारेज गर्‍यो नागरिकता विधेयक पास नगर्न आदेश मागिएको रिट

सर्वोच्च अदालतले खारेज गर्‍यो नागरिकता विधेयक पास नगर्न आदेश मागिएको रिट

गत मंगलबारसम्म समयसीमा रहेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि बुधबार सत्तारुढ दलले कानुनी उपचार खोज्ने बताइसकेका छन्।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं– सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गरिएको रिट  खारेज गरेको छ। 

संसद्का दुवै सदनबाट पास गरी दोस्रो पटक राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण नगर्न आदेश माग्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दिएको रिट न्यायाधीश अनिल सिह्नाको इजलासले खारेज गरेको अदालतको वेबसाइटमा उल्लेख छ। 

गत मंगलबारसम्म समयसीमा रहेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि बुधबार सत्तारुढ दलले कानुनी उपचार खोज्ने बताइसकेका छन्।

राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न भन्दै पठाएको विधेयकमाथि संसद्को दुवै सदनले परिमार्जन नै नगरि हतार–हतार पास गरेर प्रमाणीकरण गर्न पठाएको वरिष्ठ अधिवक्ता भण्डारीको निवेदनमा उल्लेख थियो। 

उक्त रिट सुरुमा सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो। दरपीठविरुद्ध भण्डारीले अर्को निवेदन दिएका थिए। इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएपछि दर्ता भएको रिट बुधबार न्यायाधीश सिह्नाले खारेज गरेका हुन्। 


प्रकाशित: Sep 22, 2022| 11:46 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...