मंगलबार, साउन १९, २०८३

कांग्रेस घोषणापत्र तयारी समितिद्वारा दुई उपसमिति गठन

नेपाली कांग्रेसको घोषणा पत्र तयारी समितिले दुई वटा उपसमिति गठन गरेको छ।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं- नेपाली कांग्रेसको घोषणा पत्र तयारी समितिले दुई वटा उपसमिति गठन गरेको छ।

बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको घोषणा पत्र तयारी समितिको पहिलो बैठकले अध्ययन र विश्लेषण उपसमिति र प्रारम्भिक मस्यौदा उपसमिति गठन भएको हो।

घोषणा पत्र तयारी समितिका संयोजक एवं महामन्त्री विश्वप्रकाश शर्माले निरन्तरतामा नविनताको दृष्टि राखेर पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि घोषणा पत्र तयार गर्ने बताए।

स्थापनाकाल देखिका दस्तावेज र विभिन्न कालखण्डका घोषणा पत्रहरू अध्ययन गरेर त्यसको भावनात्मक सार ग्रहण गर्न सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा मदन कट्टेल र शंकर तिवारी सदस्य रहेको अध्ययन तथा विश्लेषण उपसमिति गठन भएको हो।

समितिका सदस्यसचिव प्रदीप पराजुलीका अनुसार स्वर्णिम वाग्लेको संयोजकत्वमा प्रारम्भिक मस्यौदा उपसमिति पनि गठन भएको छ।

उक्त उपसमितिमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, कृष्णप्रसाद पौडेल, दिपेश घिमिरे र प्रिति मण्डल सदस्य छन्।

प्रकाशित: Sep 22, 2022| 07:50 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...