आइतबार, चैत ८, २०८२

शिक्षकको विज्ञापन खुलाउन केन्द्रले माग्यो दरबन्दी विवरण

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरुको स्थायी पदपूर्तिका लागि रिक्त दरबन्दीको विवरण पठाउन देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरुको स्थायी पदपूर्तिका लागि रिक्त दरबन्दीको विवरण पठाउन देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ। केन्द्रले २०७८ साल चैत मसान्तसम्म रिक्त हुने शिक्षक दरबन्दीको विवरण १० भदौभित्र केन्द्रमा पठाउन एकाइलाई निर्देशन दिएको हो।

National life

चैत मसान्तसम्मको शिक्षक रिक्त दरबन्दीको विवरण (प्रावि, निमावि र मावि)अनुसार शिक्षक सेवा आयोगमार्फत विज्ञापन प्रयोजनका लागि माग भएको भन्दै केन्द्रले सो विवरण अद्यावधिक गरी पठाउन भनेको छ। केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइलाई स्थानीय तहहरुको तहगत रुपमा रिक्त विवरण यकिन गरी राख्न र पछि सोही रिक्त दरबन्दीमा स्थायी पदपूर्ति हुने निर्देशन दिएको हो।

रिक्त स्थायी दरबन्दी थप भएका जिल्ला उदयपुर, सिन्धुली, मकवानपुर, दोलखा, नुवाकोट, धादिङ, नवलपरासी पूर्व, बागलुङ र जाजरकोटका हकमा विवरण पठाउँदाको मितिसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट दरबन्दी थप भएका र जिल्लाभित्रमा मौजुदा स्थायी दरबन्दी रिक्त भएको भए सोसमेत पठाउनुपर्ने उल्लेख गरेको छ।

यस्तै तेह्रथुम, काठमाडौं, भक्तपुर, ललितपुर, पाल्पा, मनाङ, मुस्ताङ, लमजुङ, म्याग्दी, पर्वत, स्याङ्जा, तनहुँ, अर्घाखाँची र डोल्पाका हकमा स्थानीय तहगत खुद पुल दरबन्दी रहेको तह यकिन गर्ने, सो तहमा खुद पुल दरबन्दी रहेसम्मको रिक्त स्थायी दरबन्दी विज्ञापनका लागि माग नगर्ने र बाँकी रिक्त दरबन्दीको हकमा मात्र विज्ञापनको लागि माग गर्ने केन्द्रले जनाएको छ। 

तोकिएको मितिभित्र माग भएको विवरण प्राप्त नभए राष्ट्रिय किताबखाना (शिक्षक) बाट रिक्त दरबन्दीको विवरण माग गरी विज्ञापन गर्नेसमेत केन्द्रले जनाएको छ।

Laxmi sunrise bank
kumari

सरकारले लोकसेवा आयोगमा पदाधिकारी नियुक्तिसँगै शिक्षक सेवा आयोगमा नयाँ विज्ञापन खुला गर्ने बाटो खुलेको छ। केन्द्रले दिएको विवरणअनुसार आयोगले विज्ञापन गर्ने कानुनी प्रावधान छ। यसअघि १२ शिक्षकको दरबन्दी रिक्त रहेको विवरण केन्द्रले आयोगलाई पठाएको छ।

प्रकाशित: Aug 09, 2021| 16:03 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्